घुस लिँदै गर्दा विद्युत् इन्जिनियर चौधरी पक्राउ

Images 122

कलैया । विद्युत् प्राधिकरण बाराका इन्जिनियर रतनेशकुमार चौधरी घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुसबापत ९ हजार ५ सय लिइरहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसंन्धान क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्का नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । टोलीले उनलाई आफूसंगै हेटौँडा लगिएको छ ।

एक सेवाग्राहीको घरमा रहेको मिटरको पावर बढाउनका लागि घुसबापत सो रकम लिँदै गरेको अवस्थामा इन्जिनियर चौधरीलाई पक्राउ ग¥यौँ, नायब उपरीक्षक खड्काले भने । पक्राउ परेका चौधरीलाई थप अनुसन्धान गरी विशेष अदालत काठमाडौँमा बुझाउने खड्काले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...