सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट सशस्त्र प्रहरी बलको झण्डा प्रदान

2

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले सगरमाथा आरोहणमा जान लागेका भुतपूर्व सशस्त्र प्रहरी हवल्दार डिल्लीराम पराजुलीलाई सशस्त्र प्रहरी बलको झण्डा प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा मंगलबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले पराजुलीलाई मायाको चिनो समेत प्रदान गर्दै सफल आरोहणका  लागी शुभकामना दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले त्यसवअसरमा सगरमाथा आरोहण आफैमा एउटा कठिन र शाहसिक कार्य भएको चर्चा गर्नुहँदै सशस्त्र प्रहरी बल नेपालको जागिरे जीवनबाट अवकाश पश्चात समेत सशस्त्र प्रहरी बल नेपालको झण्डासहित सगरमाथा आरोहण गर्न देखाएको चाहनाको प्रशंसा गरे ।

उनले सगरमाथा आरोहणमा विभिन्न आधुनिक उपकरणको उपलब्धता भएपनि उक्त कार्य जोखिमपूर्ण हुने हुँदा सबैले आँट र साहस जुटाउन नसक्ने बताउँदैै पराजुलीको प्रयास गर्वगर्न लायक रहेको उल्लेख गरे ।

डिल्लीराम पराजुलीको नेतृत्वमा यही चैत्र २३ गते १४ जनाको टोली सगरमाथा आरोहरणका लागि  प्रस्थान गर्न लागेको कुरा सो अवसरमा चर्चा गरिएको थियो । उनले सगरमाथाको शिखरमा पुगेपछि सशस्त्र प्रहरी बल नेपालको झण्डा समेत फहराउने छन् ।

सोही समारोहमा हेवी इक्यूपमेन्ट व्यावसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवरले उनकै जीवनीमा आधारित ‘हजुरलाई नमस्ते’ नामक पुस्तक एक सय थान सशस्त्र प्रहरी बल नेपाललाई प्रदान गरेका थिए ।

सशस्त्र प्रहरी बल नेपाललाई भूकम्पको समयमा उद्वार कार्यको लागि हेवी इक्यूपमेन्ट उपलब्ध गराई महत्वपूर्ण सहयोग पु¥याएका कुँवरलाई सो समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले मायाको चिनो समेत प्रदान गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु शैलेन्द्र खनाल र नारायणबाबु थापा लगायत सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।   


                                           
                                                 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...