प्रचण्ड भन्छन्, ओली जीले कुनै सम्झौता गर्नुहुन्न

Prachanda

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा भारतसँग नयाँ सम्झौता हुने हल्ला चलिरहेका बेला एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमणका बेला कुनै नयाँ सन्धी नहुने ठोकुवा गरेका छन् ।

बखान सहकारी संस्था चितवनको बखान राष्ट्रिय सहकारी संग्रहालयको शिलान्यास गर्न चितवन आइपुगेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्माको भारत भ्रमणका बेला नयाँ प्रकारका सन्धी सम्झौता गर्ने सम्भावना नै नरहेको बताए ।

‘जसरी भारतीय मिडियाहरुमा महाकाली सन्धी र अन्य सन्धी हुने कुरा आएको छ, त्यो सरासर झुट हो’ प्रचण्डले भने, ‘बाहिरी मिडियामा आएजस्तो महाकाली सन्धि र अन्य नयाँ कुनै पनि विषयमा सम्झौता हुँदैन र हुनेवाला पनि छैन ।’

उनले भ्रमण दुई देश बीचको मित्रता सम्बन्ध सुधारका लागि मात्र सीमित हुने बताए । ‘भ्रमण दुई देशीय सम्बन्धमा केन्द्रित हुन्छ’ उनले भने, ‘यो बाहेक प्रधानमन्त्री ओली जीले अन्य कुनै सम्झौता गरेर आउनु हुन्न र अन्य कुनै सम्झौता गरेर आउनु हुन्छ भन्ने शंका पनि गर्नुहुन्न ।’

अध्यक्ष प्रचण्डले बाहिर सञ्चार माध्यमहरुमा आए जस्तो एमाले र माओवादीबीच पार्टी एकतामा कुनै विवाद नरहेको बताए । ‘बैशाख ९ गते दुई पार्टीको बीचमा एकता हुदैँछ, बाहिर आएजस्तो विवाद छैन’ उनले भने, ‘पार्टी एकता प्रतिशतका आधारमा हुदैँन, सिद्धान्तका आधारमा हुन्छ । तर, सम्मानजनक एकता हुन्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...