धनकुटाको हिलेमा करेन्ट लाग्दा २ को मृत्यु
धनकुटा । धनकुटा नगरपालिका वडा नं. १ हिलेमा करेन्ट लागेर दुई जनाको मृत्यू भएको छ ।
घर बनाउने क्रममा करेन्ट लाग्दा हिले बस्दै आएका गोपाल बुढाथोकी र मिङ्मा शेर्पाको मृत्यू भएको हो । सोमबार घर बनाउने पिल्लरको फलामे डण्डीले बिजुलीको लाइन छुँदा करेन्ट लागेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो ४ बजेतिर उनीहरुलाई करेन्ट लागेको र उपचारका लागि धनकुटा अस्पताल लगिएको थियो । तर अस्पताल नपुग्दै उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस