जिराको मूल्यमा बेच्ने, हिराको मूल्य तिरेर किन्ने नीति अन्त्य हुनुपर्छ : मन्त्री बस्नेत
काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वन तथा वातावरण क्षेत्रलाई समृद्धिको आधार बनाउने नीति ल्याउन लागेको बताएका छन् ।
मन्त्रालयमा सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने – “मुलुकको कूल गार्हस्थ उत्पादन र विकासमा वन क्षेत्रको योगदान देखिने खालका कार्यक्रम अघि बढाउने नीति सरकारले ल्याउँछ ।”
मन्त्री बस्नेतले वन तथा वातावरणलाई विकासको बाधक होइन, समृद्धिको आधार बनाउने नीति ल्याउने बताउँदै “वन क्षेत्रको बहुआयामिक उपयोगको सम्भावना नीतिलाई अघि बढाइनेछ भने ।
“वन पैदवार जिराको मूल्यमा बेच्ने, हिराको मूल्यमा खरिद गर्ने नीति अन्त्य गरिनेछ,” उनले भने – “वातावरण संरक्षणमा प्रोत्साहन गर्ने नीतिलाई प्राथमिकता दिइनेछ ।”
मन्त्री बस्नेतले बारीमा रुख लगाउन प्रोत्साहन अनि कटान गर्ने बेलामा अनेकौ झन्झट दिलाउने हाम्रा कानून व्यावहारिक छैनन् भन्दै वन क्षेत्रको सदुपयोग र संरक्षणको नीति ठीक ढंगबाट हुनुपर्दछ भने ।
नीति, कानून र सरकारको काम गर्ने शैलीमा तालमेल भएमा वन क्षेत्र मुलुकको रोजगारी र समृद्धिको मार्ग प्रशस्त गर्ने बताउँदै उनले जलवायु परिवर्तनभन्दा वातावरण संरक्षणको मुद्दा हाम्रो प्राथमिकीकरणको क्षेत्र रहेको धारणा व्यक्त गरे ।
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने
काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...
रास्वपा सभापति रवि लामिछानेलाई थुन्न म्याद थपेको थप्यै, थप १५ दिनको म्याद
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की ज...
पूर्वमन्त्री पदम राईको काठमाडौंमा निधन
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वभौतिक योजना तथा निर...
बाल अधिकार रक्षकहरुको राष्ट्रिय भेला काठमाडौंमा सुरु
काठमाडौं । बाल अधिकार रक्षकहरुको तीनदिने राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । बाल विवाह रोकथाम...
धान फल्ने खेत मासे, सुन्तला फलाएर लाखौं कमाए
म्याग्दी । १३ वर्षअघि अंश वापत पाएको ५ रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालि...
मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ मा एक लाख पर्यटक भित्र्याउने तयारी
खोटाङ । ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को पर्यटन प्रवर्द्धन गर्न पुस १७ गतेदेखि ‘मुन्दुम ट्रेल भ्रमण व...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस