‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ पत्रकार दर्नाललाई
काठमाडौँ । पत्रकार सुशील दर्नाललाई यस वर्षको ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । रिपोर्टस क्लब नेपालको २० औं बार्षिकोत्सवको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पष्पकमल दाहाल ‘प्रचण्ड’ सो पुरस्कार प्रदान गरे ।
पत्रकार दर्नाल आठ वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस) मा आवद्ध छन् । विगत एक दशकदेखि पत्रकारितामा सक्रिय दर्नालले खासगरि सामाजिक विषयमा लेख्दै आएका छन् ।
पाल्पा जिल्ला जिल्ला रैनादेवि छहरा गाउँपालिका५, मुझुङ्गमा २०४६ सालमा जन्मिएका दर्नालले पत्रकारिता विषयमा स्नातकोत्तर गर्दै छन् ।
त्यसैगरी रिपोर्टर्स क्लब नेपालले पत्रकारहरु सुवास ढकाललाई ‘गिरिजाप्रसादकोइराला स्मृति पत्रकारिता पुरस्कार’ शम्भु श्रेष्ठलाई ‘मदन भण्डारी स्मृती पत्रकारिता पुरस्कार’ डिल्ली आचार्यलाई ‘वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ ।
यसैगरी ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’, ‘कृष्णसेन ईच्छुक स्मृती पत्रकारिता पुरस्कार’ र ‘रिपोर्टर्स क्लब नेपाल सर्वोत्कृष्ट युवापत्रकारिता पुरस्कार’ क्रमश पत्रकारहरु दिलिप थापा मगर, रेवती सापकोटा र नरेन्द्र साउदलाई प्रदान गरिएको छ ।
यसैगरी यस वर्षको ‘बाबुछिरी फोटो पत्रकारिता पुरस्कार’ पत्रकार विजय राई र ‘उमा सिंह स्मृतीपत्रकारिता पुरस्कार’ पत्रकार दीपा दाहाललाई प्रदान गरिएको छ ।
त्यसैगरी ‘युवा पत्रकारिता पुरस्कार’ गोरखापत्र दैनिकका समचारदाता भउचप्रसाद यादव र पत्रकार कमनहरि तिमिल्सिनालाई प्रदान गरिएको छ । क्लबले प्रधानमन्त्री ओली र प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई विशेष अभिनन्दन गर्नुका साथै विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो ।
प्रतिकृया दिनुहोस