संस्थागत पत्रकारिता पुरस्कारबाट जैशी सम्मानीत

29683100 1856423634375959 8874088597061952296 n

बाजुरा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका पूर्व अध्यक्ष मदनराज जैशी सम्मानीत भएका छन् । महासंघ जिल्ला शाखाले स्थापना गरेको संस्थागत पत्रकारिता पुरस्कारबाट जैशी सम्मानीत भएका हुन् ।

महासंघको ६३ औं स्थापना दिवसको अवसरमा जैशीलाई नगद ११ हजार १ सय ११ रुपैया सहीत सम्मानीत गरिएको अध्यक्ष प्रकाश सिंहले बताएका छन् ।

पुरस्कार जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकाया र बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले सयुक्त रुपमा हस्तान्त्रण गरेका हुन् । १५ वर्षदेखि पत्रकारितामा आवद्ध जैशी बाजुरा आवाजको वितरक देखि महासंघ बाजुरा शाखाको अध्यक्ष सम्म बनिसकेका छन् ।

शाखाको संस्थागत विकास र पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै जैशीलाई सम्मान गरिएको छ । शाखाले महासंघको स्थापना दिवसको अवसर पारी उक्त पुरस्कार प्रदान गर्ने गरेको छ ।

पुरस्कार जैशी अध्यक्ष भएकै कार्यकालमा स्थापना गरिएको हो । संस्थागत विकासमा पुर्याएको योगदानको मूल्याकंन प्रति खुसी भएको जैशीले बताएका छन् । महासंघ शाखाले यस अघि संस्थापन सभापति दयाराम पण्डित र पूर्व अध्यक्ष अर्जुन शाहलाई पुरस्कार प्रदान गरिसकेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...