आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रको साझेदारी
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा राजनीतिक स्थायित्वसँगै स्थायी सरकार बनेकाले कानून र प्रशासनमा समसामयिक सुधारसहित आर्थिक र लगानीमैत्री वातावरण निर्माण भइरहेको बताएका छन ।
नेपाल उद्योग परिसंघका पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुसँग आज भएको सामूहिक भेटमा उनले सरकार र निजीक्षेत्रबीचको सहकार्य तथा साझेदारीबाटै मुलुक आर्थिक उन्नयनको मार्गमा अग्रसर हुने बताए ।
परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकको आर्थिक विकास र लगानी प्रवद्र्धनलाई केन्द्रमा राखेर परिसंघले आफ्ना गतिविधि सञ्चालन गरिरहेको जानकारी दिए । उनले परिसंघले तयार पारेको आर्थिक समृद्धिको मार्गचित्र पनि उपराष्ट्रपतिसमक्ष प्रस्तुत गरे ।
प्रतिकृया दिनुहोस