राष्ट्रपतिको पहिलो सम्बोधन : कुनै पनि बहानामा मुलुकमा हिंसा नहोस्

R 15 3

काठमाडौँ । संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेकी छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि बनेका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिबाट पहिलो सम्बोधन भएको हो ।

संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले अब कुनै पनि बहानामा मुलुक हिंसातर्फ होमिनु नहुने बताइन् । ४१ प्रतिशत महिला सहभागिताले उत्साहबोध गरेको बताउँदै राष्ट्रपतिले नेपालका नयाँ परिवर्तनले अग्रगामी विकासमा जान प्रेरित गरेको बताइन् ।

नेपालको संविधान जारी भएपछि पहिलोपटक गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र माघ २४ मा सम्पन्न राष्ट्रियसभाको निर्वाचनबाट गठित ती दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गरेको यो पहिलो पटक हो ।

सम्बोधनको कार्यक्रममा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिवहरु, कूटनीतिक नियोगका प्रमुख लगायतलाई आमन्त्रण गरिएको थियो ।

बग्गीमा राष्ट्रपति
राष्ट्रपति भण्डारी सम्मेलन केन्द्रमा घोडाको बग्गीमा प्रवेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षलगायतले स्वागत गरेका थिए ।

बैठक कक्षमा राष्ट्रपतिले आशन ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...