काठमाडौंमा ५ बजेसम्म लोडसेडिङ ? कहाँ कहाँ हुँदैछ ? हेर्नुस सुची
काठमाडौं । सबैलाई थाहा छ कि उपत्यकाभित्र लोडसेडिङ हुँदैन भन्ने । तर, आजभोली मेलम्चीको पाइप विच्छयाउने बहानामा दिनहुँ लोडसेडिङ भइरहेको छ ।
बिहीबार पनि राजधानीका केही भागहरुमा दिनभर विद्युत नआउने भएको छ । मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छाउने भएपछि विद्युत प्राधिकरणले विद्युत आपूर्ति बन्द गर्न गरेको हो ।
नेपाल विद्युत प्राधिकरणका अनुसार बिहीबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म राजधानीका केही क्षेत्रहरुमा विद्युत आपूर्ती बन्द गरेको हो ।
कहाँ कहाँ छ लोडसेडिङ ?
राजधानीकाविभिन्न क्षेत्रहरुमा मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याउने कार्य गरिरहेको छ । यसलाई सहज बनाउन बिहीबार साँझ ५ बजेसम्म विद्युत कटौती गरिएको छ ।
बिहीबार महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत पर्ने नयाँ बसपार्क, मित्रनगर, पवित्रनगर, दीपज्योति स्कुल क्षेत्र वरपर विद्युत आउने छैन ।
प्रतिकृया दिनुहोस