फेरि उपेक्षामा कर्णाली : सरकारले नै दियो थोत्रा गाडी

Sarakari gadi

सुर्खेत । देशकै विकट र सरकारको उपेक्षामा परेको प्रदेश हो कर्णाली । त्यसमा पनि सरकारले प्रदेशका मन्त्रीहरुलाई पनि उपेक्षा गरेको पाइएको छ ।

प्रधानमन्त्री कार्यालयले कर्णाली प्रदेशका लागि भनेर बा१झ ९१८८ नम्बरको स्कार्पियो गाडी दिइएको छ । जुन गाडी प्रदेश सरकारलाई घाँडो भइसकेको छ । केन्द्र सरकारले थोत्रा गाडी दिएपछि प्रदेश सरकारका मन्त्रीहरु हैरान भएका छन् ।

केन्द्र सरकारले कर्णाली प्रदेशका लागि ११ वटा गाडी दिने बताएको छ । तर, अहिलेसम्म बल्ल बल्ल पुगेका ३ वटा गाडी पनि काम नलाग्ने भइसकेका छन् । दैनिक बिग्रिने भएका कारण केन्द्र सरकारको गाडी प्रदेश मन्त्रीका लागि निल्नु न ओकल्नु भएको छ ।

केन्द्रबाट आएका बा१झ ९१८८ नम्बरको स्कार्पियो र बा१झ ३८६९ नम्बरको ल्याण्डक्रुजर प्रयोग नै गर्न नमिल्ने अवस्थामा रहेको छ । स्कार्पियो प्रधानमन्त्री कार्यालय र ल्यान्डक्रुजर गाडी शिक्षा विभागबाट पठाइएको थियो ।

केन्द्रले पठाएका गाडीहरु मर्मत गर्दै, चढ्दै गर्नु परेकोले हैरानी बेहोर्नुपरेको मन्त्रीहरु बताउँछन् । केन्द्र सरकारले पठाएका मर्मत नगरी चलाउन नै नमिल्ने अवस्थाका छन् ।

त्यसमा पनि ९८ हजार किलोमिटर गुडेको, बढी मर्मत गर्नुपर्ने, टर्बोमा समस्या भएको, एसी नभएको, अगाडिको सीसा फुटेको, ब्याक लाइट नभएका गाडीहरु केन्द्र सरकारले कर्णाली प्रदेशलाई पठाएपछि कर्णालीका प्रदेश मन्त्रीहरु फेरि पनि उपेक्षामा परेको बताउन थालेका छन् ।

कर्णाली प्रदेशमा अहिले व्यवस्थापन गर्न ३४ वटा गाडी आवश्यक छ । तर केन्द्र सरकारले गाडी उपलब्ध नगराउँदा प्रदेश सभाका ४ वटा विभिन्न समितिका सभापति, विपक्ष दलका नेता, दलका सचेतक, संसदीय दलका नेताहरुलाई समेत सरकारले गाडी उपलब्ध गराउन सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...