ट्रेड युनियनमा याख्खालाई दोस्रो अवसर
धनकुटा । नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाको छैठौै जिल्ला अधिवेशन सम्पन्न भएको छ । सो अधिवेसनले विगेन्द्र याक्खालाई पुनः अध्यक्षमा चयन गरेको छ ।
बुधबार सम्पन्न अधिवेसनले उपाध्यक्षहरुमा कुलप्रसाद दाहाल (खुल्ला), रेविका वराल (महिला) बिनोद घिमिरे (सेवा तर्फ) पूर्णकुमार चौधरी (उत्पादन तर्फ) र दामोदर सुवेदी (स्वरोवगार तर्फ) चयन भएका छन् ।
सचिव झमक कटुवाल, सहसचिव तुलसी थापा, महिला सहसचिव दिक्षा आचार्य, कोषाध्यक्षमा जीवनाथ ढुंगाना र सहकोषाध्यक्षमा दीपकला तामाङ चयन भएका छन् ।
सो जिल्ला अधिवेसनले दामोदर घिमिरे, कृष्ण गोविन्द्र चेम्जोङ, मिङकु ठाकुर, बलराम लिम्बु, पुरुषोत्तम अर्याल, अन्जु दाहाल, शर्मिला राई, पार्वती घिमिरे चापागाई र आश्मा प्रधानलाई सदस्यमा चयन गरेको छ ।
प्रदेश प्रतिनिधि तथा संघीय प्रतिनिधिमा रामकुमारी भण्डारी, धिरेन्द्रबहादुर लिम्बु, विजय राई, कविराज घिमिरे, रेणु श्रेष्ठ, रुकमान तामाङ, गुरुप्रसाद काफ्ले लगायतलाई चयन गरेको निर्वाचन समितिले जनाएको छ ।
यसअघि उद्घाटन कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका पुराना नेता तथा नेपल शिक्षक संघ धनकुटा पूर्व अध्यक्ष वरिष्ठ शिक्षक इश्वरीप्रसाद अधिकारीले गरेका थिए । उनले उद्घाटन कार्यक्रममा श्रम शक्ति नै राष्ट्रको शक्ति भएकाले राष्ट्रले श्रमको सम्मान गर्नुपर्नेमा जोड दिए ।
उद्घाटन कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, नेपाल शिक्षक संघका प्रदेश नम्वर १ का उपाध्यक्ष गंगाराम ढुंगाना, नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नम्वर १ का महिला अध्यक्ष रामकुमारी भण्डारी, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष धिरेन्द्रबहादुर सुब्बा, उपाध्यक्ष टिकाराम श्रेष्ठ, टे«ड युनियन कांग्रेसका उपाध्यक्ष रेणु श्रेष्ठ, नेपाल प्रेस युनियनका अध्यक्ष यानिन्द्र तिगेला, नेपाल वित्तिय कर्मचारी संघका अध्यक्ष पूर्ण याक्खा, दामोदर सुवेदी, रेविका बराल लगायतले मुलुकको परिवर्तनका लागि श्रमिकहरुले महत्वपूर्ण योगदान दिएको बताएका थिए ।
प्रतिकृया दिनुहोस