मन्त्री बस्नेतसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता

Mantri rajdoot

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा उनले जापान सरकारले वन तथा वातावरण संरक्षणसहित नेपालको विभिन्न क्षेत्रमा लामो समयदेखि असल साझेदारका रुपमा सहयोग गर्दै आएकोमा उच्च प्रशंसा गररे ।

आगामी दिनमा थप सहयोगको अपेक्षा गर्दै मन्त्री बस्नतेले जनस्तरमा समेत जापान नेपालको असल मित्र भएको उल्लेख गरे । मन्त्री बस्नेतले नेपाल लामो राजनीतिक अस्थिरताको दुस्चक्रबाट भर्खरमात्र मुक्त भएको बताउँदै सरकारको अबको ध्यान शान्ति, स्थिरता र विकास भएको स्पष्ट गरे ।

आफ्नो मन्त्रालयले युवाको सक्रिय सहभागितामा वन /वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने उल्लेख गर्दै उनले वनलाई उद्यमशीलतासँग जोड्ने र राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गर्ने नीतिका साथ सरकार अघि बढेको छ भने ।

भेटमा राजदूत ओगावाले मन्त्री बस्नेतलाई जापान भ्रमणको निमन्त्रणासमेत दिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...