अटेरी कर्मचारी, आँटी लालबाबु : मन्त्री र कर्मचारीबीच यस्तो छ जुहारी

Lalbabu pandit

काठमाडौं । बाम गठबन्धनको तर्फबाट पहिलो पटक मन्त्री बनाइँदा लालबाबु पण्डितमाथि अन्याय भएको भनिन्थ्यो । पछिल्लोपटक सामान्य प्रशासनमन्त्री बनाइँदा उनीमाथि केही आसा र भरोसा पनि पलायो । तर, उनी अहिले कर्मचारीको घेरामा परेका छन् ।

उनले सामान्य प्रशासन मन्त्रालय सम्हाले लगत्तै खटाइएको कार्यक्षेत्रमा जान नमान्ने कर्मचारीलाई कारबाही गर्ने बताए । तर, अहिलेको कानुनले तोकिएको कार्यक्षेत्र जान नमान्नेलाई कारवाही गर्ने अधिकार मन्त्रीलाई नभएको कर्मचारीहरू बताउन थालेपछि उनी रनभुल्लमा पर्न थालेका छन् ।

नेपालमा हाल ८२ हजारभन्दा बढी निजामती कर्मचारी छन् । ती मध्ये संघीय संरचना बमोजिम केन्द्रमा ३० प्रतिशत रहने र बाँकी कर्मचारी प्रदेश र स्थानीय तहमा जानुपर्ने बताइएको छ ।

सरकारले संघ, प्रदेश र स्थानीय तहमा गरी कुल कर्मचारीको दरबन्दी झण्डै १ लाख १० हजार पु¥याउने गृहकार्य थालेको छ । तर सरकारले पठाएको क्षेत्रमा कर्मचारी जान नमान्दा कामकाज प्रभावित भइरहेको छ ।

तर, सरकारले कर्मचारी तोकिएको कार्यक्षेत्र जान अटेर गरिरहेको दावी गरिरहेका बेला कर्मचारी संगठनहरुले कर्मचारीहरू कार्यक्षेत्रमा गइसकेको दावी गरेका छन् ।

उनीहरूले कतिपय स्थानमा सरकारले नै कर्मचारी खटाउन नसकेको दावी गरेका छन् । आवश्यक बिदामा बसेका बाहेकका कर्मचारीहरू सम्बन्धित क्षेत्रमा गइसकेको दावी गर्दै निजामती कर्मचारीहरूले मन्त्रीप्रति आक्रोस पोखेका छन् ।

नेपालको निजामती सेवा ऐनले कुनै मन्त्री, राज्यमन्त्रीले कर्मचारीलाई कारबाही गर्ने नियम नभएको निजामती कर्मचारी युनियनका उपमहासचिव दुर्गा फुयाल बताउँछन् । उनी भन्छन्, ‘कर्मचारी गएनन् भन्ने हामीहरू बुझ्छौँ, तर कर्मचारीहरू काममा हाजिर छन् भन्ने हामीले बुझेका छौँ ।’

मन्त्रालयका अनुसार अझै ३० प्रतिशत कर्मचारीहरू खटाइएको स्थानमा पुगेका छैनन् । मन्त्री पण्डितले भने, ‘तोकिएको ठाउँमा नजाने र सधैं आफैंले रोजेको ठाउँमा मात्र जानुपर्छ भन्ने कर्मचारीलाइ कारवाहीको दायरामा ल्यारै छाड्छु ।

मन्त्री पण्डितकै निर्देशन अनुसार खटाइएको कार्यक्षेत्रमा जान अटेर गर्ने, काज लिएर राजधानीमै बस्ने वा राजनीतिक पहुँचका आधारमा सरूवा रोक्ने जस्ता प्रयास गर्ने कयौँ निजामती कर्मचारीमाथि सोमबारबाट कारबाहीको प्रक्रिया थालिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्री पण्डितका अनुसार अनुपस्थित कर्मचारीको विवरण राख्न प्रदेश र स्थानीय तहमा लिखित पत्र पठाइसकिएको छ । उनले अब पनि काममा नगए क्रमशः कारबाही गरिने बताए ।

‘जाने कर्मचारीहरू कार्यक्षेत्रमा जान्छन्, नजानेहरूविरूद्ध कारबाहीको प्रक्रिया अगाडि बढ्छ’ मन्त्री पण्डितले भने, ‘ढिलो गर्नेलाई नसिहत र पूरै लापरवाही गर्नेलाई बर्खास्त गरिनेछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...