विदेशी कुटनीतिज्ञलाई ओली कुटनीतिक चेतावनी : विदेशी हस्तक्षेप स्वीकार्न सकिँदैन

ओली जंगिदा कुटनीतिज्ञ भए तैचुप मैचुप

Kp oli 13

काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा विदेशी हस्तक्षेप बढेको चर्चा चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी हस्तक्षेप स्वीकार्न नसकिने ठोकुवा गरेका छन् ।

नेपालस्थित २५ भन्दा धेरै देशका राजदूत र कुटनीतिक अधिकारीहरुलाई सरकारी निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले नेपालमाथि कुनै पनि मित्र राष्ट्रहरुको हस्तक्षेप स्वीकार्य नहुने ठोकुवा गरे । ओलीले सोही अनुसार काम गर्न पनि विदेशी नियोग र कुटनीतिज्ञहरुलाई घुमाउरो भाषामा चेतावनी पनि दिए ।

प्रधानमन्त्री ओलीले नेपालको पहिलो प्राथमिकतामा राष्ट्रियता भएको बताए । ‘हाम्रो पहिलो प्राथमिकता राष्ट्रियता नै हो, हाम्रो सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वतन्त्रता हाम्रा चासोका प्रमुख विषय हुन्’ लिखित मन्तव्य दिएका ओलीले भने, ‘नेपाली जनता सधैँ स्वतन्त्र छन् । कुनै पनि नाममा विदेशी हस्तक्षेप स्वीकार्य छैन ।’

जातीयताको मु्द्दा उठाएर नेपालमा सामाजिक सद्भाव खलबल्याउन खोजिएको पनि गुनासो गरे । युरोपियन युनियन सहितका कुटनीतिक अधिकारीसमेत उपस्थित कार्यक्रममा उनले भने, ‘केहीले नेपालमा सामाजिक सद्भावमा खलबल्याउने कोशिश गरेका छन् ।’

ओलीले कसैले पनि आफ्ना एजेन्डा लाद्न नेपाली जनतालाई दुरुपयोग गर्ने कोशिश नगर्न चेतावनी पनि दिए । ओलीले भने ‘यदि त्यस्तो कोशिश हुन्छ भने हामी सबै शक्ति र स्रोतका साथ विभाजन ल्याउन खोज्ने तत्वलाई हराउन तयार छौँ ।’

झण्डै एक घण्टासम्म बोलेका प्रधानमन्त्री ओलीले विश्वका सबै राष्ट्रसँग मित्रवत् व्यवहार गर्नु नेपालको नीति एवं सिद्धान्त भएको स्पष्ट पारे । उनले नेपाल सबैको असल मित्र बन्न चाहन्छ र हामी पनि सबैलाई असल मित्रका रुपमा व्यवहार गर्ने पनि दावी गरे ।

पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्रा्ष्ट्रिय कानून तथा विश्व शान्तिका मूल्य र मान्यताबाट नेपालको परराष्ट्र सम्बन्ध निर्दे्शित रहेको स्पष्ट गर्दै उनले स्वतन्त्र परराष्ट्र नीति तथा सन्तुलित कूटनीति सञ्चालन बाह्य जगत्सँगको सम्बन्ध र सम्पर्क स्थापनाको विशिष्टता रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...