गर्मीयाम शुरु भएसँगै ३२ जिल्लाका १७७ वनमा आगलागी

Ban

काठमाडौँ । गर्मीयाम शुरु भएसँग मुलुकका ३२ जिल्लाको १७७ वनमा आगलागी भएको छ ।

वन विभागका अनुसार अर्घाखाँची, बारा, भोजपुर, चितवन, दाङ, धादिङ, धनकुटा, धनुषा, डोटी, दोलखा, डडेलधुरा, गोरखा, जुम्ला, काभ्रे, कपिलबस्तु, महोत्तरी, नवलपरासी, ओखलढुंगा, पाँचथर, पर्सा, रौतहट, रसुवा, सिन्धुली, सोलुखुम्बु, सुनसरी, सप्तरी, सर्लाही, सिरहा, सुर्खेत, तनहुँ, तेह्रथुम र उदयपुरका वनमा आगलागी भएका हुन् ।

विभागका सहायक वन अधिकृत डम्बरबहादुर भण्डारीले हिउँद यामसँगै हावाहुरी र गर्मीले धेरै वनमा आगलागी हुने गरेको जानकारी दिए । “देशभर कति हेक्टरमा आगलागी भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ,”, उनले भने । गत आर्थिक वर्षमा विभिन्न जिल्लाका ३ लाख ५० हजार हेक्टरमा आगलागी भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...