पुर्वी पृतनामा दुई सैनिकको रहस्यमय मृत्यु

Nepal army1

इटहरी । गएराती सुनसरीको इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनामा कार्यरत दुई सैनिकको मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको छ ।

पूर्वी पृतनामा कार्यरत ३० बर्षीय मदन बिक र दोलखबहादुर चन्दको गए राती १ बजे पौडी खेल्ने पोखरीमा मृत्यु भएको थियो ।

राती नै उनीहरुलाई उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा लगिएको थियो । उनीहरुलाई पृतनाको पोखरीमा डुबेर सिकिस्त भएको बताइएको थियो । तर, अहिलेसम्म उनीहरुको मृत्यु कसरी भयो भन्ने केही खुलेको छैन ।

दुवै सैनिकको पोखरीमा डुबेर मृत्यु भएको बताइए पनि राति माछा मार्न प्रयोग गरिएको करेन्टको कारण उनीहरुको घट्नास्थलमा मृत्यु भएको हुनसक्ने बताइएको छ । तर, राती पोखरीमा किन करेन्ट लगाइयो भनेर चासोको विषय बन्न थालेको छ ।

स्रोतका अनुसार उनीहरु डुवेको भनिएको पोखरीमा दिउँसो पौडी खेल्न सिकाइन्छ । सामान्यतया सैनिकहरुलाई पौडी खेल्न सिकाइने भएकाले सो पोखरीमा डुबेर अहिलेसम्म कसैको पनि मृत्यु भएको पाइएको छैन ।

सेनाले पृतनाको पोखरीमा राति उनीहरुलाई स्थानीयले अचेत अवस्थामा देखेको जानकारी आएपछि धरानको वीपी प्रतिष्ठानमा र्पुयाइएको जनाएको छ ।

पृतनाको पोखरीमा बाहिरबाट राति स्थानीय बासिन्दा जान सक्दैनन्। तर, सेनाले भने स्थानीय बासिन्दाले पोखरीमा डुवेको देखेको जानकारी गराएपछि मात्र थाहा पाएको बताएका कारण ुई जनाको मृत्युको कारण रहस्यमय बन्दै गएको छ ।

उनीहरुको मृत्युको कारण पोष्टमार्टम र डाएटम टेस्ट पछिमात्र खुल्ने चिकित्सकले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...