आगलागीमा ३ लाख क्षति

Aago

लहान । सिरहाको बरियारपट्टि गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा करीब ३ लाख बराबरको क्षति भएको छ ।

बरियारपट्टि–१ निवासी योगेन्द्र यादवका घरबाट सल्केको आगो फैलिएर उनका दुई घर, घरमा रहेको २५ हजार, फर्निचर, खाद्यान्नलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीयवासी र प्रहरीको सहयोगमा आधा घण्टाभित्र आगो नियन्त्रणमा लिइएकाले थप दुर्घटना हुनबाट जोगिएको स्थानीयवासीले बताएका छन् ।

प्रतिकृया दिनुहोस