गर्मी बढेसंगै लस्सीको व्यापार बढ्दै

Lassi 1024x768

काठमाडौँ । गर्मी बढेसँगै चिसो पिउने मानिसको संख्या पनि क्रमशः बढ्दै गएको छ । गर्मी बढेसँगै दहीमा पानी र चिनी मिसाएर लस्सी मही बनाउने पसलमा उपभोक्ताको भीड बढ्न थालेको छ ।

प्रतिगिलासको ४० देखि ८० पर्ने यस्तो लस्सी पसल काठमाडौँका चोकचोकमा देख्न पाइन्छ । काठमाडौँमा खसी बजारमा लस्सी बिक्री गर्दै आएका सुमन मेहता भन्छन्, जाडो याममा ठप्प रहेको चिसोको बिक्री विस्तारै गर्मी लागेसँगै बढ्दै गएको छ ।

आर्थिक अवस्था कमजोर भएकाले कामको खोजीमा लाग्दा थाकिसकेका मेहताले एउटा साइकलमा पानीदेखि लस्सी बनाउन चाहिने सबै थोकको व्यवस्था गरी घुमन्ते व्यापार गर्दै आएको पनि पाँच वर्ष नाघिसकेको छ ।

स्तरीय पसलमा भन्दा सस्तोमा लस्सी बनाउने भएकाले उक्त व्यवसायबाटै घरव्यवहार चलाउन उनलाई सजिलो भएको छ । उनी भन्छन्, थोरै लगानीबाट पनि दैनिक ३ सय देखि बढीमा ९ सय सम्म आम्दानी हुन्छ ।

उनी भन्छन, अन्य मुलुकमा जस्तै नून राखेरभन्दा चिनी राखेर बनाइने लस्सी नै मनपर्छ । अर्का उपभोक्ता जुनु पण्डित भन्छन्, विशेष गरी भारत र नेपालका तराईमा पाइने लस्सी हाल आएर काठमाडौँमा पनि लोकप्रिय भएको छ

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...