मान्छे खाने बाघ नियन्त्रणका लागि टोली

Tiger

चितवन । मान्छे खाने बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहित पशु चिकित्सक र वन प्राविधिज्ञको टोली परिचालन गरेको छ ।

मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७ रमौली प्रतापपुरस्थित पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रमा सोमबार बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो । शव उठाउने क्रममा पुनः बाघले आक्रमण गर्दा अन्य दुईजना घाइते भएका थिए ।

बाघले यसरी मान्छेलाई आक्रमण गरेपछि अन्य मानवीय क्षति हुन नदिन नियन्त्रणका लागि हात्तीसहित टोली खटाइएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

डाटगनसहित टोली परिचालन भएको चितवन निकुञ्जले जनाएको छ । सम्भव भए डार्टगनमार्फत नियन्त्रणमा लिइनेछ । बाघ नियन्त्रणमा पर्सा र चितवन निकुञ्जको संयुक्त टोली परिचालन भएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जका दुईवटा हात्ती र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको दुईवटा गरी चार हात्तीसहित पशु चिकित्सक, वन प्राविधिज्ञसहितको टोली बाघ नियन्त्रणका लागि प्रतापपुर पुगेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिए ।

“टोलीले आसपास नै बाघ छ भन्ने अनुमान गरेको छ, डा गैंरेले भने, बाघलाई नियन्त्रणको प्रयास भइरहेको छ ।” सोमबार दिउँसो देखिनै टोली परिचालन भएको भन्दै पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले राति ११ बजेदेखि दोस्रो अपरेशन शुरु भएको जानकारी दिए ।

सो टोलीमा प्राविधिज्ञ, चिकित्सक र डार्ट टोलीसहित करीव ५० जना परिचालन भएको आचार्यले जानकारी दिए । आज पनि बिहानैदेखि टोलीले बाघको खोजी गरिरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...