उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा
काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले नेकपा एमालेबाट राजीनामा दिएकी छन् ।
उपसभामुख तुम्बाहाङ्फेले सोमबार उनले संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी पार्टी सदस्यबाट राजीनामा दिएको घोषणा गरेकी हुन ।
तुम्बाहाङ्फे चैत २ गते उपसभामुखमा निर्वाचित भएकी थिइन । सभामुख र उपसभामुख भएपछि पार्टी सदस्य छोड्नुपर्ने प्रावधान छ ।
प्रतिकृया दिनुहोस