रोल्पाको लिबाङमा बृहत साहित्य सम्मेलन हुने
काठमाडौँ । रोल्पाको लिबाङमा बृहत साहित्य सम्मेलन हुने भएको छ ।
पर्यटनका लागि साहित्य भन्ने नाराका साथ सम्पन्न गर्न लागिएको बृहत साहित्य सम्मेलन रोल्पा नगरपालिकाले आयोजना गर्ने भएको हो । रोल्पाको लिबाङमा उक्त सम्मेलन २०७५ जेठ १५ देखि १७ गतेसम्म तीन दिने हुनेछ ।
बुधबार लिबाङमा पत्रकार सम्मेलन गरी कार्यक्रम हुने बारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा मूल आयोजक समितिका अन्य निर्णयहरु समेत सार्वजनिक गरिएको थियो ।
सम्मेलन सम्पन्न गर्नको लागि डी.बी. टुहुरोको संयोजकत्वमा ११ सदस्यीय ‘बृहत साहित्य सम्मेलन मूल आयोजक समिति’ गठन गरिएको छ । मूल आयोजक समितिको उपसंयोजकमा कविता उपाध्याय र सदस्य सदस्य सचिवमा दीप दर्पण रहेका छन् । सदस्यहरुमा लोक आलोक, नवीन लोचनमगर, देवी गुरुङ, गोकर्ण पुन, ओम के.सी., दामु मर्सिफुल, खेमराज गाउँले र महेन्द्रकुमार शर्मा रहरेका छन् ।
त्यस्तै जलजला बहुमुखी क्याम्पसका प्रमुख, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष, गैसस महासंघ रोल्पाका अध्यक्ष, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्षलाई पदेन सदस्यको रुपमा राखिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख, रोल्पा नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नेकपा एमाले रोल्पाका अध्यक्ष, नेकपा माओवादी केन्द्र रोल्पाका अध्यक्ष र नेपाली कांग्रेस रोल्पाका सभापतिलाई सल्लाहकार समितिमा राखिएको छ ।
त्यस्तै कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । खेमराज गाउँलेको संयोजकत्वमा कार्यक्रम उपसमिति, महेन्द्रकुमार शर्माको संयोजकत्वमा मञ्च तथा हल व्यवस्थापन उपसमिति, नवीन लोचनमगरको संयोजकत्वमा सञ्चार उपसमिति, गोकर्ण पुनको संयोजकत्वमा यातायात उपसमिति, ओम केसीको संयोजकत्वमा आवास तथा भोजन उपसमिति, लोक आलोकको संयोजकत्वमा पुरस्कार व्यवस्थापन उपसमिति, कविता उपाध्यायको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, देवी गुरुङको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति र दामु मर्सिफुलको संयोजकत्वमा प्रकाशन समिति गठन गरिएको ।
त्यस्तै डी.बी. टुहुरोको संयोजकत्वमा खेमराज गाउँले र दीप दर्पण सदस्य रहेको कार्यक्रम प्रस्तावना तयार समिति समेत बनाइएको छ । रोल्पा नगरपालिकाको सभाहलमा सचिवालय रहने र आयोजक समितिको बैठक हरेक शुक्रबार दिउँसो ३ बजे बस्नेछ । सम्मेलनको लोगो तयार गर्नको लागि चित्रकार रामचन्द्र श्रेष्ठलाई जिम्मा दिइएको छ ।
प्रतिकृया दिनुहोस