ठोरी गाउँपालिकाको कार्यालय सारिएकोमा स्थानीयको आपत्ति, कामकाज ठप्प पारेर आन्दोलन गर्ने चेतावनी

Subarnapur gaupalika (2)

काठमाडौँ । पर्सा जिल्ला ठोरी गाउँपालिकाको कार्यालय सारिएकोमा स्थानीयबासीले विरोध गरेका छन् । आइतबार रिपोर्टस क्लब नेपालमापत्रकार सम्मेलन गरेर ठोरी सुवर्णपूर संघर्ष समितिले विरोध गरेको हो ।

राज्यपुन संरचना आयोगद्धारा नै सुवर्णपुर स्वापनगरि सेवादिदै आएकोमा हाल आएर गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले कथित गाउँसभाको नाममा उपाध्यक्ष र वडाध्यक्षहरु लगायतका जनप्रतिनिधीहरुलाई समेत वेवास्ता गरि एकल ढंगले घ्याङ डाँडामा ठोरी गाउँपालिकाको कार्यालय सेवा केन्द्र सार्ने प्रयत्न गरिएको भन्दै समितिले त्यसको विरोध गरेको हो ।

उक्त निर्णयको विरुद्ध ठोरी सुवर्णपूर संघर्ष समिति गठन गरी यथास्थानमा गाउँपालिका कार्यालय स्थापना गरियोस् भनी संघर्ष समितिले संघर्षका कार्यक्रम अगाडि सार्दै संघर्ष गर्दै आइरहेको छ ।

पत्रकार सम्मेलन गर्दै समितिका अध्यक्ष जरी लामाले गाउँपालिका अध्यक्षले अवैधानिक ढंगले गाउँसभा राखेर कार्यालय सार्ने निर्णय गराएको आरोप लगाए ।

“एकैदिनमादुईवटा गाउँसभा राखेर अन्यजनप्रतिनिधीहरुको वेवास्तागर्दै षडयन्त्रपूर्वक ढंगले कानुनविपरित गरिएको निर्णय हामीलाई मान्य छैन ।” लामाले भने । उक्त निर्णय तत्काल फिर्ता लिई जनतासँग माफी नमागेसम्म संघर्ष नरोकिने लामाले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै सुवर्णपुर काठमाडौँ संघर्ष समन्वय समितिका संयोजक खड्ग श्रेष्ठले जनताको लोकतान्त्रिक अधिकारको हनन गर्दै अधिनायकवाद लाद्ने काम गाउँपालिका अध्यक्षले गरेको आरोप लगाए । उक्त निर्णविरुद्ध सम्पूर्ण जनता,  नागरिक समाज लगायतका सरोकारवाला सस्थाहरुले समेत यस विषयमा ध्यानाकर्षण हुनुपर्ने श्रेष्ठले बताए ।

ठोरी गाउँपालिकाको कार्यालय सार्ने कामले अन्यत्र पनि निरन्तरता पाउन सक्ने भन्दै ठोरी गाउँपालिका वार्ड नं ५ का वडा अध्यक्ष रामबहादुर पाख्रिनले गाउँपालिका अध्यक्षले मनोमानी तरिकाले गाउँपालिका सार्ने निर्णय गरेको आरोप लगाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...