८ महिनामा ३९ हजार सवारी साधन कारवाहीमा

Traffic

झापा । चालू आर्थिक वर्षको ८ महिनामा झापामा ३९ हजार २५० सवारी साधन चालक कारबाहीमा परेका छन् ।

कारवाहीमा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आवमा कारवाहीमा परेका चालकबाट ट्राफिक प्रहरीले २ करोड ४९ लाख ३९ हजार राजश्व संकलन गरेको छ ।

प्रहरी निरीक्षक राजेश राईका अनुसार चालू आवको फागुन मसान्तसम्ममा कारवाहीमा परेका चालकबाट उक्त राजश्व संकलन भएको हो । चालू आवको फागुन महिनामा मात्रै सबैभन्दा बढी राजश्व संकलन भएको थियो । प्रहरीका अनुसार फागुन महिनामा मात्रै ५ हजार ९ सय सवारी चालक कारवाहीमा पर्दा ५० लाख ९९ हजार राजश्व संकलन भएको हो ।

फागुन महिनामै दुई हजार एउटा मोटरसाइकल कारवाहीमा परेका छन् । जसबाट प्रहरीले १५ लाख ३० हजार ५ सय राजश्व संकलन गरेको छ । त्यस्तै एक हजार ५१८ वटा ट्रक कारवाहीमा पर्दा १९ लाख ३८ हजार ५ सय राजश्व संकलन भएको छ । ट्राफिक नियम उल्लंघन गर्नेमध्ये ७६२ वटा कार, जिप, भ्यानका चालक कारवाहीमा परेका छन् । जसबाट प्रहरीले ५ लाख ९० हजार राजश्व संकलन गरेको छ ।

यता ६३२ वटा बस चालक करवाहीमा पर्दा ४ लाख ३५ हजार राजश्व संकलन भएको छ । ५ सय ८५ ट्र्याक्टर चालक कारवाहीमा पर्दा रु तीन लाख ८४ हजार ५ सय राजश्व संकलन भएको बताइएको छ । त्यस्तै ४११ वटा ट्याम्पु र इ–रिक्सा कारवाहीमा पर्दा २ लाख ४२ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो आव ट्राफिक प्रहरीले ३ करोड १० लाख ६० हजार राजश्व संकलन गरेको थियो । गत वर्ष ५२ हजार ६२७ सवारी चालक कारबाहीमा परेका थिए । गत वर्ष पनि सबैभन्दा बढी दुई पाङ्गे्र सवारी अर्थात् मोटरसाइकल चालक नै कारवाहीमा परेका थिए । गत वर्ष २१ हजार २५३ वटा मोटरसाइकल चालक कारवाहीमा परेका थिए ।

वर्षेनी सवारी चाप बढ्नु र ट्राफिक नियम जानाजान उल्लङ्घन गर्नुले बढी सवारी चालक कारवाहीमा पर्ने गरेको प्रहरी निरीक्षक राईको भनाइ थियो । उनले राससलाई भन्नुभयो, “ट्राफिक नियम आफ्नै लागि हो भन्ने जान्दाजान्दै पनि सर्वसाधारणले ट्राफिक नियम पालना गर्दैनन् ।”

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...