केही बेर विद्युत् जाँदैमा विद्युत्भार कटौतीको रुपमा बुझ्नु हुँदैन : घिसिङले

काठमाडौँ । औद्योगिक करिडोरबाहेक मुलुकका कुनै पनि स्थानमा विद्युत्भार कटौती नभएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राविधिक समस्याका कारण विद्युत् कटौती हुनुलाई विद्युत्भार कटौती भन्न नमिल्ने स्पष्ट पार्दै प्राधिकरणले विद्युत् आपूर्तिका हिसाबले कही कतै पनि समस्या नभएको जनाएको छ ।
काठमाडौँ उपत्यकालगायत मुलुकका कुनै पनि स्थानमा विद्युत् कटौती गर्नुपर्ने अवस्था नभएको जानकारी दिँदै प्राधिकरणले औद्योगिक करिडोरमा दैनिक तीन घण्टा विद्युत् कटौती हुने गरेको भए पनि घरायसी ग्राहकलाई पूर्णरुपमा विद्युत् आपूर्ति भइरहेको उल्लेख गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने,“प्रणालीमा आउने प्राविधिक गडबडीले केही बेर विद्युत् जाँदैमा त्यसलाई विद्युत्भार कटौतीको रुपमा बुझ्नु हुँदैन ।”
हावाहुरीले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा सामान्य गडबडी हुँदा विद्युत् आपूर्तिमा समस्या हुने गरेको र विगतमा पनि यस्तो अवस्था रहने गरेको उनको भनाइ थियो ।
विगतमा लगातार विद्युत् कटौती हुँदा त्यस्तो समस्या कम मात्रै सार्वजनिक हुने गरेको उल्लेख गर्दै प्राधिरकणले त्यस्ता प्राविधिक समस्या समाधान गर्न मुलुकभर नै कर्मचारीको समूह २४ सै घण्टा तयारी अवस्थामा राखिएको जनाएको छ ।
सडक तथा खानेपानी पाइप विस्तारका कारण प्रसारण प्रणालीका भूमिगत तारमा क्षति पुगेको, केही स्थापनमा खम्बा तथा टान्सर्फमर सार्नुपर्ने जस्ता कारणले केही क्षेत्रमा विद्युत् काट्नुपर्ने वाध्यता प्राधिकरणलाई छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले केही दिन अघि विद्युत् आपूर्तिमा अहिले भइरहेको प्राविधिक समस्यालाई छिट्टो र छरितोरुपमा समाधान गरी विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरणलाई निर्देशन दिइसकेका छन् ।
प्राधिकरणले विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन प्रसारण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाइ रहेकोसमेत जानकारी दिएको छ । प्राधिकरणले मर्मत सम्भारको कामलाई समेत छोटो समयमा पूरा गर्न प्रतिबद्ध रहेको समेत स्पष्ट पारेको छ ।
सम्बन्धित समाचार
माधव नेपालले दिए यस्तो बयान : पतञ्जलिको निर्णय नीतिगत, अख्तियारको क्षेत्राधिकारमा पर्दैन
काठमाडौं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका पू...
देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण बालेन र हर्कले ल्याउन सकेनन् बजेट
काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...
कास्कीको खिलाङ र तप्राङमा पहिरो जाँदा ६ घरमा क्षति, जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह
कास्की । कास्कीको मादी गाउँपालिकामा पहिरोले ६ वटा घरमा क्षति पुगेको छ । गएराति अविरल वर्षापछि खसे...
कोरियाबाट फर्केर कृषि व्यवसायमा, वार्षिक १० लाख आम्दानी
भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन् ।...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
धनकुटामा शुरु भयो सार्वजनिक सवारीसाधनमा टाइम कार्ड
धनकुटा । धनकुटा जिल्लामा पहिलोपटक सवारी साधनहरुमा टाईम कार्ड लागु गरिएको छ । सवारी दुर्घटना न्यू...
कास्कीको खिलाङ र तप्राङमा पहिरो जाँदा ६ घरमा क्षति, जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह
कास्की । कास्कीको मादी गाउँपालिकामा पहिरोले ६ वटा घरमा क्षति पुगेको छ । गएराति अविरल वर्षापछि खसे...
प्रतिकृया दिनुहोस