कोरियन भाषा परीक्षा आवेदन आजदेखि शुरु

Nepal koriya eps bhasa

काठमाडौँ । सन् २०१९ का लागि रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियामा नेपाली प्रशिक्षार्थी कामदार छनोट कोरियन भाषा परीक्षाको आवेदन संकलन बिहीबारबाट सुरु हुँदैछ ।

ईपीएस कोरिया शाखाले वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा नेपाली प्रशिक्षार्थी कामदार छनोट नवौँ चरणको लागि बिहीबारबाट परीक्षामा सहभागी हुनेहरूको आवेदन अनलाइनमार्फत संकलन गर्न लागेको हो ।

परीक्षामा सहभागी हुनेहरूले बिहीबारदेखि १७ चैतसम्म अनलाइबाटै फाराम भर्न सक्नेछन् । यो भाषा परीक्षामा सहभागी हुलका लागि १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको नेपाली हुनुपर्ने उमेर हदबन्धी तोकिएको छ ।

परीक्षामा सहभागी हुन चाहनेहरूले ईपीएस कोरिया शाखाको नेपालको आधिकारिक वेबसाइटबाट लग इन गरी त्यहाँ उल्लेख भएका विवरण अनलाइनबाटै भर्न पाउनेछन् । आयोजकले पहिले जस्तो फाराम भर्न रातभर लाइनमा बस्नुनपर्ने बताएको छ । तर, फारम भर्नेहरुलाई बैंकमा आवेदन शुल्क बुझाउन निकै समय लाइनमा बस्नुपर्ने बाध्यता भने कायमै छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...