एपेक्स बैँकको घोटालामा संलग्न थप ३ पक्राउ, पक्राउ पर्नेको संख्या १७ पुग्यो
काठमाडौँ । तत्कालीन एपेक्स डेभलपमेन्ट बैँकको डेढ अर्ब घोटालामा संलग्न थप ३ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले हालको एनसीसी बैँक सँग मर्ज भएको तत्कालिन एपेक्सबैंकका तत्कालीन ३ कर्मचारीलाई पक्राउ गरेको हो। अनुसन्धानको क्रममा उनीहरुको पनि संलग्नता देखिएकोले पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताए।
पक्राउ पर्नेहरुमा सजल बज्राचार्य, प्रमोद भट्टराई र कृबेन्द्र श्रेष्ठ छन्। बज्राचार्य र श्रेष्ठ कर्जा सुपरिवेक्षक तथा भट्टराई कर्जा अधिकृतका रुपमा बैँकमा कार्यरत थिए। कमसल धितो राखी कर्जा प्रवाहमा उनीहरुले घोटाला गरेको सिआइबीले जनाएको छ। पक्राउ परेमध्ये कृबेन्द्र जनता बैँकको बनेपा शाखामा कार्यरत थिए। यसअघि सिआईबीले १४ जनालाई पक्राउ गरिसकेको छ।
बैँकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल तथा सञ्चालकहरु इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, छविरमण अधिकारी, मधुवनलाल श्रेष्ठ पक्राउ परिसेकका छन्। त्यस्तै, तत्कालीन निमित्त सिइओ ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सागर नेउपाने, मानबहादुर राउत, सुदीप थापा, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेल पक्राउ परिसकेका छन्। बैँकिङ कसुर मुद्दामा उनीहरुमाथि अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ अनियमितता भएको राष्ट्र बैँकको अनुसन्धानमा खुलेको थियो ।सालको वैशाख अन्तिमसम्म सम्पन्न हुने कार्यकारी निर्देशक उमेश कसजूले बताए । चाकु बजारबाट २० किमी माथि रहेको सो आयोजनाको कुल लागत ३ अर्ब रहेकोमा लागत वृद्धि भई अब प्रति मेगावाट रु १८ करोडले झण्डै ४ अर्ब पुगेको छ ।
विसं २०६८ मा शुरु भई तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेपनि २०७१ को जुरे पहिरो, २०७२ को भूकम्प तथा भारतीय नाकाबन्दी र २०७३ को भोटेकोशी नदीमा आएको बाढीले असर पु¥याएपछि आयोजना सम्पन्न हुने समयसीमा लम्बिएको आयोजनाले जनाएको छ ।
साविक फुल्पिङकट्टी गाविसको हाल भोटेकोशी गाउँपालिका अन्तर्गत चन्द्रापुमा बाँधबाँधी ३।३ किमी सुरुङमार्गद्वारा मार्मिङको याङ्लेफाँटमा निर्मित विद्युत्गृहमा पानी खसालिनेछ । आयोजनास्थलदेखि लामोसाँघुस्थित सव स्टेशनसम्मको २२ किमी प्रशारण लाइनद्वारा केन्द्रीय प्रशारण लाइनमा जोडिनेछ । हालसम्म विद्युत् गृहमा मेसिन तथा प्रशारण लाइनको तार जडान गर्न मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।
उक्त कम्पनीले जिल्लाको अपर बलेफी आयोजनाको निर्माण कार्यलाईसमेत तीव्रता दिएको छ । ६ अर्बको लगानीमा ३६ मेगावाटको विद्युत् आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइएको कार्यकारी निर्देशक कसजूले बताए ।
प्रतिकृया दिनुहोस