एनसीसी बैंकको बोर्ड बैठकमा सीआईबीको छापा  

Nccbank

 

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड एनसीसी को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले छापा मारेको छ ।शुक्रबार बोर्ड बैठक जारी रहेको वेला प्रहरीको टोलीले छापा मारेको हो ।

बैंक मर्ज हुँदा करिब २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा सीआईबीले अनुसन्धान थालेको हो । प्रहरीले केहीवेरमै घटना बारे विस्तृत विवरण सार्वजनिक गर्ने सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले बताए ।

सीआईबी स्रोतका अनुसार प्रहरी ३० भन्दा बढी अधिकारीलाई पक्राउ गरेको छ । यद्यपि, उनीहरुको विवरण अहिले सार्वजनिक गरिएको छैन ।

यसअघि खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋण जारी गरेको थियो । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्जर भइसकेको छ ।

एपेक्सका त्यतिखेरका अध्यक्ष विष्णुप्रसाद धिताल र ब्यवस्थापनको मिलेमतोमा ऋण दूरुपयोग भएको थियो । धिताल अहिले एनसीसीमा पनि सदस्य छन् । दुई अर्ब ऋणमध्ये ४८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...