कपास उद्योगको गोदाममा आगलागी

Aago lagi

चितवन । भरतपुर महानगरपालिका– १० रिजाल चोकस्थित प्रकृति कपास उद्योगको गोदाममा आज बिहान आगलागी हुँदा कच्चा पदार्थ जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चन्दना कोइरालाको सो गोदाममा बिहान ९ बजे लागेको आगो दमकल, प्रहरी, सशस्त्र, सेना र स्थानीयवासीको सहयोगमा ९ः४५ बजे नियन्त्रणमा लिइएको थियो ।

प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार आगलागीबाट ४० लाख मूल्य बराबरका क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गोदाममा पुराना कपडा रहेका थिए । पुराना कपडा पेलेर सिरक डसना बनाउने गरिएको थियो । मेसिनको मोटरबाट सर्ट भई आगलागी भएको ढकालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...