प्रधानन्यायाधीश पराजुलीद्वारा राजीनामा
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बिहिबार पदबाट राजीनामा दिएका छन् । ।
उमेरसम्बन्धी विवादमा परेका पराजुलीलाई न्यायपरिषद्का सचिवले गत साउन २१ मै अवकाश भइसकेको भनी बुधबार पत्राचार गरेपछि बिहिबार उनले शीतल निवास पुगी पदबाट राजीनामा दिएका हुन ।
राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव घिमिरेका अनुसार संविधान बमोजिम अवकाश प्राप्त प्रधानन्यायाधीशले राजीनामा दिएपछि स्वीकृत गरिरहनु पर्दैन, स्वतः पद रिक्त हुनेछ ।
सर्वोच्च अदालतमा आजैदेखि वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीश भई पेशी तोक्न शुरु गरेका छन् । आजै हुने राष्ट्रियसभा अध्यक्षको शपथमा कायममुकायम प्रधानन्यायाधीशका हैसियतमा जोशी सहभागी भएका हुन ।
प्रतिकृया दिनुहोस