भैँसीपालनबाट वार्षिक ८ लाख आम्दानी

Vaici

झापा । मेचीनगर–१५ मेची नदीको किनारमा भैँसी फार्म सञ्चालन गरेर स्थानीयवासी जीवन सापकोटाले वार्षिक ८ लाख आम्दानी गरेका छन् ।

६० वर्षीय सापकोटाले ‘डेस्टिनेसन कृषि फार्म’ दर्ता गरेर १०५ भैँसी र १५ वटा गाई पालिरहेका छन् । उनले फार्ममा लाग्ने वार्षिक खर्च कटाएर ७ देखि ८ लाखसम्म आम्दानी गर्दै आएको बताए ।

सापकोटाले स्थानीय विद्यालयको ४० बिघा र डा. मोहपालको ११ बिघा जग्गा वार्षिक ६० हजार भाडामा लिएर भैँसीपालन गर्नुभएको हो । उदाहरणीय कृषि फार्म सञ्चालन गरेबापत उनले दर्जनौँ संघसंस्थाबाट सम्मानित भइसकेका छन् । सापकोटाले हालसम्म सरकारी सहयोग प्राप्त नभएको बताउँछन् ।

फार्म रहेको मेची नदीको किनार ५ वर्षअघिसम्म उजाडलाग्दो बगर थियो । अहिले भैँसीकै मलका कारण बगर खेतीयोग्य बनेको छ । पाँचगाँछीबाट सुकुम्वासीका रुपमा मेची नदीको किनार आएका सापकोटाले पशुपालनका लागि शुरुमा निकै दुःख गर्नु गरेको बताए । उनले २०७० सालमा दुई माउ भैँसीबाट भैँसीपालन शुरु गरेका हुन ।

उनले भने, “त्यो बेला दिनको तीन लिटर दूध बेच्थे, दूधको आम्दनीबाट भैँसीको संख्या बढाउँदै लगे ।” दूध मात्र नभएर पाडापाडी बेचेर पनि उनले यतिबेला मनग्य आम्दानी गरिरहेका छन् ।

हाल उनको फार्ममा ४० माउ भैँसी दुहुना छन् । सापकोटाले लैनो भैँसी र गाईबाट हिउँदमा दैनिक ८० देखि एक सय लिटरसम्म तथा वर्षात्मा १३० लिटरसम्म दूध बेच्ने गरेका छन् । भैँसीको दूध प्रतिलिटर ६५ का दरले बिक्री हुन्छ । इँट्टाभट्टाको एनएमसी डेरी र धाइजनका रितिका डेरीले दूध खरिद गर्दै आएको छ ।

हिउँदमा किनेको पराल र बर्सातका बेलाको घाँस नै भैँसीको मुख्य आहार भएको उनी बताउँछन् । वर्षमा ९४ ट्र्याक्टर पराल पनि अपुग भएको सापकोटा बताउँछन् । महिनामा ३० बोरा चोकर, तीन बोरा नुन तथा पिना भैँसीलाई खुवाउने गरिएको छ । मासिक ८० हजारभन्दा वढी खर्च हुने उनले बताए । सापकोटाले ६० लाखको पशु बीमा गराउनुभएको छ । राज्यले कृषि क्षेत्रमा लगानी बढाउने घोषणा गरे पनि त्यस अनुरुपको सुविधा किसानले नपाएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...