प्रचण्ड र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

Milan pariya

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान ७ बजे मुख्यमन्त्री भट्ट र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो । मुख्यमन्त्री भट्टले राष्ट्रपति निर्वाचनमा मतदान गर्न काठमाडौं गएका बेला पूर्वप्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् ।

भेटर्वाताका क्रममा संघीय सरकार र प्रादेशिक सरकारको कामकारबाही, कानुन निर्माणका,सात नं.प्रदेश सरकारलाई क्षतिपुर्तिसहितको थप अधिकार साथै अन्य राजनीतिक विषयमा महत्वपूर्ण छलफल भएको मुख्यमन्त्रीका प्रेस सहयोगी मिलन परियारले बताएका छन् ।

‘उनीहरुबीच संघीय सरकार र प्रादेशिक सरकारको अधिकार क्षेत्र र कानुन निर्माण नहुदा प्रदेश सरकारले जनजिविकासंग जोडिएका मुद्धाहरुलाई सम्बोधन गर्न ढिलाई भइरहेको र पछिल्लो विकसित राजनीतिक विषयमा महत्वपूर्ण कुराकानी भयो ।’ परियारले भने । काठमाडौंमा रहेका क्रममा मुख्यमन्त्री भट्टले प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री राम बहादुर थापा बादल,पूर्व राष्टपति राम बरण यादबसंग पनि भेटवार्ता गरेका थिए । बिहान प्रचण्डसंगको भेटवार्तापछि मूख्यमन्त्री भट्ट आज बिहान ९ बजे धनगढी फर्कनु भएको छ । बिहान ८ बजे श्री एअरलाईन्सबाट धनगढी फर्कनु भएको हो ।

त्यसैगरी मूख्यमन्त्री भट्ट धनगढी आज बिहान धनगढी पुगेलगत्तै होटल फ्लोरामा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कैलाली शाखाको संयुक्त आयोजनामा पत्रकार भेटघाट कार्यक्रम गरिएको हो । पत्रकार भेटघाटका क्रममा मूख्यमन्त्री भट्टले राष्टपतीको चुनाबका लागि काठमाडौं गएको समयमा प्रदेश सरकार र केन्द्र सरकारको अधिकार क्षेत्र,प्रदेशको कानुन निर्माण,प्रदेश प्रहरी संरचना,राज्यद्धारा बिगत बर्षदेखी उपेक्षा गरिदै आएको सुदूर पश्चिम क्षेत्रको विकासका लागि सात नं.प्रदेश सरकारलाई क्षतिपुर्ति सहितको बिशेष अधिकार प्रदान गर्न दिनप्रति दिन बढ्दै गएको सात नं.प्रदेशको सुरक्षा संम्बेदनशिलता,सुशासन र भष्टाचार नियन्त्रणका बारेमा प्रधानमन्त्री केपी ओली,माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री राम बहादुर थापा बादलसंग भेटेर बिशेष कुराकानी भएको जानकारी कारी गराउन भएको थियो ।

भेटका क्रममा प्रधानमन्त्री ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानिय साधन,स्रोतको परिचालन गरि विकास र समृद्धि तर्फ अघि बढ्नुस सात नं.प्रदेश सरकारलाई केन्द्र सरकारले थप सहयोग गर्ने बचन दिनु भएको मूख्यमन्त्री भट्टले बताए । पत्रकारहरुको प्रश्नको जवाफ दिदै भट्टले कानुनको अभावमा प्रदेश सरकारको काम कारबाहीमा ढिलाई भएको र कानुन निर्माणका लागि समिति गठन गरि आबश्यक काम अघि बढी सकेको र बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जनतालाई सुरक्षा प्रत्याभुत दिलाउन सबै सुरक्षा निकाय सक्रिय रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...