ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

Ma

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग गोँगबुले ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ ।

प्रभागले गोँगबु बसपार्क क्षेत्रका विभिन्न भट्टी तथा होटलमा छापा मार्दा फेला परेको अवैध १ हजार लिटर मदिरा बुधबार विहान नष्ट गरेको हो ।

प्रभागका प्रमुख प्रताप पौडेलले गोँगबु क्षेत्रलाई घरेलु मदिरा मुक्त क्षेत्र बनाउने योजना अनुसार सुरु भएको अभियानमा एक हप्तामा ३ हजार लिटर घरेलु मदिरा नष्ट गरिएको जानकारी दिए ।

“मदिरा मुक्त क्षेत्र बनाउन टोल सुधार समिति, महिला समूह र स्थानीय प्रतिनिधीको रोहवरमा मदिरा नष्ट गरेका हौँ” । उनले भने । घरेलु मदिरा सेवनसँगै आवेशमा आएर अपराधजन्य घटना घट्ने भएकाले उक्त मदिरा नष्ट गरिएको प्रभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...