विकसहित ९ जना गोधुली साहित्यीक प्रतिष्ठानद्धारा सम्मानित

19

काठमाडौं । गोधुली साहित्यीक प्रतिष्ठानले दलित आन्दोलनका लागेका अमृत विश्वकर्मासहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने ९ जनालाई अभिनन्दन तथा सम्मान गरेको छ ।

वरिष्ठ साहित्यकार भद्रकुमारी घलेको ८७ औं जन्म दिनको अवसर पारेर शनिवार आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानले बरिष्ठ संगीतकार बुलु मुकारुङसहित ४ जनालाई अभिनन्दन गरेको छ ।

सो प्रतिष्ठानले मुकारुङसहित जलेश्वरी श्रेष्ठ, डा. लक्ष्मणप्रसाद गौतम र डा. सिता शिवाकोटीलाई गोधुली विषेश अभिनन्दन गरेको छ ।

प्रतिष्ठानले समाजसेवी अमृत विश्वकर्मासहित ५ जनालाई विषेश सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा रथी बलदेव महत, पशुपति गुरुङ, खेम तिरुवा र शशी थापा पण्डित छन् । उनीहरुलाई बरिष्ठ साहित्यकार बसन्तकुमार शर्मा नेपाल र भद्रकुमारी घलेले संयुक्त रुपमा सम्मान गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष प्रकास समिरको अध्यक्षतामा भएको सो सम्मान कार्यक्रममा बरिष्ठ साहित्यकार शर्माले साहित्य र कलाको माध्यमबाट समाज परिवर्तनमा योगदान पु¥याउन सक्नु नै महान कार्य भएको बताए ।

सो कार्यक्रममा भद्रकुमारी घले, सम्मानित हुनेहरुको तर्फबाट डा. लक्ष्मणप्रसाद गौतम, बलदेव महत, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइली, श्रष्टा लक्ष्मी उप्रेती लगायतले साहित्यमार्फत गोधुली साहित्यीक प्रतिष्ठानले पु¥याएको योगदानको चर्चा गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...