फागुन २९ गतेदेखि अनसन बस्ने डा. केसीको घोषणा
काठमाडौं । प्रा. डा.गोविन्द केसीले दुईबुँदे माग राख्दै फागुन २९ गतेदेखि अनसन बस्ने घोषणा गरेका छन् ।
प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउनु पर्ने र चिकित्सा शिक्षासम्वन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वनजिक गर्दै दोषीलाई कारबाही गर्नु पर्ने उनको माग छ ।
डा . केसीले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अब न्यायालयको छवि थप धमिलिन र न्याय सम्पादनमा थप भ्रष्टाचार संस्थागत भएर निरपेक्ष दण्डहीनता आउने अवस्था रोक्नका लागि लगत्तै बस्ने संसदले उनीमाथि महाभियोग लगाएर हटाउनुको विकल्प छैन ।’
प्रतिकृया दिनुहोस