पार्टी एकताबद्ध बनाएर अगाडि बढ्नुुपर्छ : महामन्त्री कोइराला

Sasanka

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानुपर्ने बताए ।

प्रतिनिधि सभाका सांसदलाई स्वागत तथा होली पर्वको शुभकामना दिन आज टोखास्थित आफ्नै निवासमा आयोजित दिवाभोज कार्यक्रममा महामन्त्री कोइरालाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्नुपर्ने बताएका हुन ।

उनले पार्टीभित्र देखिएको दुर्दशाले काँग्रेसलाई फाइदा नपुग्ने भन्दै सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘म पार्टी एकढिक्का भएर अगाडि बढाउन चाहन्छु,’ कोइरालाले भने ।

कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, डा प्रकाशशरण महत, दिलेन्द्रप्रसाद बडू, आनन्द ढुंगाना, मानबहादुर विश्वकर्मा, एनपी साउद, चन्द्र भण्डारी, प्रदीप पौडेल, कल्याण गुरुङ, दीपक खड्कालगायत नेताको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...