दूधको खपत बढ्दै

Milk

ललितपुर । दूधको उत्पादन बढेसँगै यसको खपत बढेको छ ।

अहिले एकजना नेपालीले प्रतिवर्ष औसत झण्डै ७० लिटर दूध खाने गरेको पशु उत्पादन निर्देशनालयमा कार्यरत डा. सुरेन्द्र झाले बताए । ५ वर्षको अन्तरालमा झण्डै १० लिटरका दरले बढेको उनको भनाइ छ ।

५ वर्ष पहिले प्रतिवर्ष प्रतिव्यक्ति ६० लिटर दूध खपत हुने गरेको थियो । उनी भन्छन् , ‘दूधको उत्पादन र खपत बढिरहेको छ ।’

वार्षिक प्रतिव्यक्ति करिब डेढ लिटरका दरले दूधको खपत बढेको डा. झा बताउँछन् । निर्देशनालयले जिल्ला पशुसेवा कार्यालय र पशुसेवा केन्द्रमार्फत स्वस्थ दूधको उत्पादन गर्न र बढाउन किसानलाई सहयोग गरिरहेको छ । दूधको उत्पादन र माग बढिरहेको छ ।

उनी भन्छन, ‘हामीले सम्भावना भएका जिल्लामा दूधको उत्पादन बढाउने कार्यक्रम लागू गरिरहेका छौँ ।’ हिमालीबाहेक पहाड र तराईमा दूधको उत्पादन हुने गरेको छ । व्यावसायिक रुपमा पशुपालन गर्ने किसानको संख्या बढेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...