कपिलवस्तुमा ओभरलोड बोक्ने सवारी साधनहरु माथि कारबाही तिब्र २ दिनमा १ लाख भन्दा बढि राजस्व संकलन
कपिलवस्तु । सवारी साधनको क्षमता भन्दा अत्यधिक भार बोकी कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल प्रबेश गर्ने भारतिय मालबाहक सवारी साधनहरु माथि कपिलबस्तु ट्राफिक प्रहरीले कारवाही तिब्र बनाएको छ ।
धेरै समय पहिले देखि नै ओभरलोड नियन्त्रणका लागि सक्रिय रुपमा काम गरि रहेको कपिलवस्तु ट्राफिक प्रहरीले भारतिय सवारी साधनले ल्याएको अत्यधिक भारलाई भारमिलान गरि जरिवाना समेत गर्न थालेको र तौलपूर्जि अनिवार्य गरेपछि उनीहरुले भारतिय तौलपूलमा काटा गरेको तौलपूर्जी ल्याउने गरेको र त्यसमा सवारीको भारबहन क्षमता अनुसार कै तौल भेटिएपछि ओभरलोड नियन्त्रण भएको छ भन्ने विश्वासमा ट्राफिक प्रहरी रहेको थियो ।
अनुगमन गर्दा झण्डै १ सय भन्दा बढि भारतिय गाडिहरुले तौलपुर्जीमा लेखिए भन्दा बढि मालसामान बोकि आएपछि अनुगमन टोलीले ती गाडिहरु नियन्त्रणमा लिई भारमिलान गर्न खोज्दा सम्बन्धित व्यवसायीहरु आई आफूहरुबाट गल्ति भएकोले अबका दिनहरुमा त्यस्तो कार्य नगर्ने र ओभरलोड नियन्त्रणमा सहयोग गर्ने प्रतिबद्धता जनाए पछि यस पटक भारमिलान नगरी ट्राफिक नियमानुसार जरिवाना गरि छाड्ने पुन आएमा कडा कारवाहीको नीति अवलम्बन गर्ने भनि अनुगमन टोलीबाट निर्णय भए अनुसार ११ गते बेलुका ट्राफिक प्रहरीले नियमानुसार जरिवाना गरि नियन्त्रणमा रहेका गाडिहरु छाडेको छ जसबाट झण्डै .१लाख ४० हजार भन्दा बढि राजस्व उठेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।
आगामी दिनहरुमा यसरी ओभरलोड लिई आउने जुनसुकै सवारी साधनहरुलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई कडा कारवाही गर्ने र यसलाई अझ प्रभावकारी बनाउन सरोकारवाला निकाय, संघसंस्था तथा कार्यालयहरुसंग समन्वय गरी समय समयमा तौलपुलमा तौल गराई अनुगमन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।
प्रतिकृया दिनुहोस