टीकापुर हत्याकाण्डमा दोषी चौधरी जिल्ला अदालत कैलालीमा हाजिर

Resham chaudhari 3

काठमाडौं । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट विजयी भएपनि प्रमाणपत्र लिनबाट बञ्चित  रेशम चौधरी जिल्ला अदालत कैलालीमा हाजिर भएका छन् ।

उनी जिल्ला अदालत कैलालीमा सोमबार बिहान ११ बजे हाजिर भएका भएका हुन् । चाैधरीमाथि अब थुनछेकको बहस प्रक्रिया अघि बढाइने भन्दै  सरकारी वकिल र चौधरीको वकीलको बहसपछि थुनामा राख्ने कि धरौटीमा रिहा गर्ने भन्ने निर्णय हुने जानकारी दिए । 

फागुन २१ गते नवनिर्वाचित सांसदको सपथग्रहण कार्यक्रम रहेको बेला चौधरी अदालतमा हाजिर भएका हुन् । टीकापुर हत्याकाण्डमा दोषी उनी प्रतिनिधिसभा निर्वाचनका लागि वारेसमार्फत कैलाली–१ मा उम्मेदवारी दर्ता गराएर विजयी भएका थिए ।  पछि उनलाई सर्वोच्च अदालतले  पक्राउ गर्न निर्देशन दिएको थियो । 

सर्वोच्चले चौधरीलाई राज्यबाट पाउने कुनै पनि सुविधा नदिन सरकारलाई आदेश समेत दिएको थियो । सर्वोचचले चौधरी  फरार अभियुक्त  भएको ठहर पनि गरेको थियो । 

यस्तै सर्वोच्चले वारेशनामा मार्फत जितको प्रमाणपत्र दिन पनि अस्वीकार गरेको थियाे । पुस ९ गते न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजासलले रेशमलाई फरार अभियुक्त ठहरगर्दै पक्रन निर्देशन दिएको थियो । २०७२ साल असोजमा कैलालीको टीकापुरमा भएको  वरिष्ठ प्रहरी अधिकारीसहित ९ जनाको ज्यान गएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...