सुरक्षित महिनावारीकी अभियन्ता खड्का सम्मानित
गुल्मी । सुरक्षित महिनावारीकी अभियन्ता तथा पत्रकार गंगा खड्का सम्मानित भएकी छन् । महिनावारीका लागि सुरक्षित सामग्रीयूक्त विद्यालय इस्मा गाउँपालिका घोषणा कार्यक्रमको अवसरमा उनलाई सम्मान गरिएको हो ।
गाउँपालिकालाई महिनावारीका लागि सुरक्षित सामग्रीयूक्त विद्यालय घोषणा गर्न सहयोग गरेको भन्दै उनलाई सम्मान गरिएको थियो । गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर विष्टले खड्कालाई कदरपत्रले सम्मान गरेका हुन् ।
२०७० साल फागुन १५ गतेदेखि मालिका गाउँपालिका–५ छापहिलेबाट शुरु गरिएको अभियान हाल चार जिल्लामा संचालन भइरहेको छ ।
गुल्मीमा केन्द्रिय कार्यालय स्थापना गरी पाल्पा, सुर्खेत र वैतडीमा सेवा संचारले महिनावारीमैत्री अभियान अघि बढाएको छ ।नेपाली समाजमा अझैपनि महिनावारीलाई ‘हाउँगुजी’जस्तै सम्झने सोँचलाई परिवर्तन गराउनकालागि अभियान सुरु गरिएका पत्रकार तथा अभियन्ता गंगा खड्काले बताइन ।
संस्थाकै पहलमा यसअघि देशकै महिनावारीका लागि सुरक्षित सामग्रीयूक्त जिल्ला प्रहरी कार्यालय गुल्मी समेत घोषणा गरि सकिएको छ ।
पत्रकारिता क्षेत्रमा समेत क्रियाशील खड्काले अभियानलाई देशव्यापी रुपमा संचालन गर्ने योजना बनाएकी छन् । सबै स्थानीय तहमा कार्यक्रम गरिसकेपछि गुल्मी जिल्लालाई नै घोषणा गर्ने योजना रहेको खड्काले बताइन् ।
प्रतिकृया दिनुहोस