विश्व सम्पदा सूचीकृत पशुपतिनाथको मन्दिरभित्रै भारतीय बैंकको विज्ञापन

Bank b

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथको मन्दिरभित्रै एक भारतीय बैंकले खुलेआम विज्ञापन गरिरहेको प्रमाण फेला परेको छ । सम्वन्धित निकायको ध्यान नपुगेकै कारण सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरभित्रै उक्त भारतीय बैंकले विज्ञापन गरिरहेको छ ।

उक्त बैंकले नेपालको प्रचलित कानुन विपरित खुलेआम विज्ञापन गर्ने निकृष्ठ काम गरेको भन्दै मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरु सिटिजन षोष्ट न्यूजखबर गरेका थिए । मन्दिर परिसरभित्रै ब्यापारिक उदेश्यले विज्ञापन गर्ने उक्त भारतीय बैंक नेपाल एसबिआई बैंक लिमिटेड स्टेट् बैंक अफ इन्डिया हो ।

पशुपतिनाथको मन्दिरमा दर्शन गर्न पुगेका एक भक्तले भारतीय बैंकले सिमा पार गरेको दृश्य देखाउँदै भने,ुपशुपतिनाथको मन्दिरभित्रै विज्ञापन गर्न पशुपतिनाथ क्षेत्र विकास समितिमातहत कर्मचारी, मन्दिरको रेखदेख र सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी, पुजारी अथवा भट्टको सहयोग विना त्यो स्टिकर त्यहाँ राख्न असंभव छ ।ु

महानगरीय प्रहरी बृत्त गौशालाका प्रमुख डीएसपी अनुपम श्रेष्ठले पशुपतिनाथ मन्दिर परिसरको भित्रि सुरक्षा जिम्मेवारी आफ्नो नभएको र मन्दिरभित्र कसलाई के राख्न दिने वा नदिने विषयमा प्रहरीभन्दा पशुपतिनाथ क्षेत्र विकास समिति जानकार हुने बताए । उनले भने, सो विषयमा जानकारी लिन त कोषकै आधिकारिक ब्यक्तिसँग सम्पर्क गर्नुपर्ला ।

सो ब्यापारिक स्टिकर महादेवको मन्दिर परिसरको उत्तरपट्टी वालमा सिसी क्यामरा जडान गरिएको ठिक मुनि विद्युतको पावर सप्लाई बक्समा राखिएको छ । जसमा नेपाल एसबीआई बैंकको ब्यापारिक स्टिकर प्रष्ट देख्न सकिन्छ ।

पशुपतिनाथ क्षेत्र विकास समितिको पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथको मन्दिर र मन्दिर परिसरभित्र मात्र नभई बाहिर समेत प्रचारप्रसार गर्न नपाइने बताए । उनले भने, यदि त्यसो गरिएको हो भने त्यो सरासर गलत हो ।

बैंक र कोषको अवैध काम

बैंक स्रोतका अनुसार एसबिआई बैंक र पशुपतिनाथ क्षेत्र विकास समितिबीच एउटा सम्झौंता भएको छ । सम्झौंताअनुसार पशुपति क्षेत्रका लागि भन्दै बैंकले एउटा काउण्टर पनि राखेको छ । समिति र बैंकको पार्टनरसिपमा पशुपति वरपर सरसफाईका लागि बैंकले ८ जना कामदार राखिएको छ । बैंकले नै सफा गर्ने मेशिन पनि दिएको छ ।

सो गरेबापत पशुपतिको मुख्य मन्दिरभित्रै आफ्नो प्रचार गर्न बैंकले स्टिकर राखेको हो । पशुपति मन्दिरको परिसरभित्रै उत्तरपट्टीको वालमा राखिएको उक्त स्टिकर सायदै नदेख्ने कमै होलान् । उता पैसा दिएपछि जे पनि हुने रहेछ भन्दै कोषका कर्मचारी, सुरक्षाकर्मी र अन्यका विषयमा भक्तजनहरुले दैनिक आलोचना गर्ने गरेका छन् ।

उनीहरुले पशुपतिनाथ मन्दिरभित्र खुलेआम दर्शन गर्न आउनेले फोटो खिचिरहेको पनि बताए । जबकि मन्दिर परिसरभित्र कुनै पनि क्यामराको प्रयोग मात्र नभई फोटो खिच्न मनाई गरिएको छ । उक्त ब्यापारिक प्रयोजनको स्टिकर किन राखियो भन्ने सम्वन्धमा पशुपतिनाथ क्षेत्र विकास समितिका सदस्य सचिव डा. प्रदीप ढकाललाई ९८५१२ र १५८६६ मा पटक(पटक सम्पर्क गर्दा उनको मोबाइल स्विच अफ थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...