आमा समूह बेल्जियमद्धारा न्यानो कपडा वितरण
काठमाडौँ । आमा समूह तमू समाज बेल्जियमले शीतलहर प्रभावित तराई क्षेत्रमा कम्बल तथा खाद्यान्न सामग्री वितरण गरेको छ ।
बेल्जियममा आमा समूहले संकलन गरेको एक लाख रुपैयाँ बराबरको कम्मल तथा खाद्यान्न लगायतका सामग्री मुर्तिया बरथहवा–नपा, सर्लाहीका शीतलहर प्रभावितलाई वितरण गरिएको तमू समाज बेलिजयमका महासचिव सूर्य गुरुङङले जानकारी दिए ।
हिमाल, तराई, पहाड मेरो नेपालमा कोइ छैन यहाँ पराई, तिमि नेपाली म नेपाली हामि सबै नेपाली भन्ने मूल सन्देशका साथ आमा समूहले तमू समाज बेल्जियमका पूर्व उपाध्यक्ष एंवम तमू ह्यिुल छोज धी चितवनका अध्यक्ष गणेश गुरुङ, तमू ह्यिुल छोज धीका केन्द्रिय सदस्य मिना गुरुङमार्फत त्यहाँका आदिवासी जनजाति तथा दलित समुदायलाई सो सामग्री वितरण गरिएको हो ।
बेल्जियममा गुरुङ समुदायको कला संस्कृतिको संरक्षण, प्रबद्र्धन गर्ने उद्देश्यले आमा समूह तमू समाज बेल्जियमको स्थापना गरिएको छ । सम्वन्धित क्षेत्रका वडा अधयक्ष तथा जन प्रतिनिधिको उपस्थितिमा सामग्री वितरण गरिएको हो ।
प्रतिकृया दिनुहोस