प्रजातन्त्र दिवसको अवसरमा कपिलबस्तुको सीमा नाकामा बृृहत सरसफाई
कपिलवस्तुु । कपिलवस्तुु जिल्लाको नेपाल–भारत सीमाना क्षेत्र मर्यादपुर (खुनुवा) क्षेत्रमा बृहत रुपले सरसफाइ गरिएको छ । सफाईका अभियानमा भारतीयएस.एस. बिर प्रहरी तथा नेपालका सशस्त्र प्रहरी बल र प्रहरी जुटेका छन ।
आज प्रजातन्त्र दिवसको अवसरमा कपिलवस्तुु जिल्लाकोे सीमाना नाका मर्यादपुर (खुनुवा) को सीमा क्षेत्रमा संयुक्त सीमा सरसफाई अभियानअन्तर्गत आज सरसफाई गरिएको हो । सशस्त्र प्रहरी, भारतीय एसएसबी, प्रगति महिला किसान सेवा समिति खुनुवा र स्थानीयको सहभागितामा सीमा नाकामा सरसफाइ गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ( बि.ओ.पी. ) मर्यादपुर खुनुवाको स.प्र.नि. अमृत बहादुर दुलालले बताए ।
नेपाल–भारत सीमा क्षेत्रमा फालिएको फोहोरको दुर्गन्धबाट नेपाल र भारतीय नागरिकसमेत प्रभावित भएपछि सरसफाई अभियानलाई तिव्रता दिइएको उनले बताए । सीमामा खटिएका भारतीय सशस्त्र सीमा बल खुनुवाका उपनिरीक्षक रमेश कुमारको नेतृत्वमा १५ जना र नेपालतर्फबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ( बि.ओ.पी. ) मर्यादपुर खुनुवाको स.प्र.नि. अमृत बहादुर दुलालको नेतृत्वमा २१ जना तथा स्थानीय तथा प्रगति महिला किसान सेवा समितिका अध्यक्ष प्रमिला मिश्रको नेतृत्वमा ३० गरी ६६ जनाको सहभागितामा नेपाल–भारत सीमाना क्षेत्र सरसफाई गरेका छन ।
सशस्त्र प्रहरी बलको पहलमा थालेको सरसफाई अभियानले सीमा क्षेत्रमा सरसफाई अभियान संचालन गर्नु सकारात्मक भएको भन्दै स्थानीय अगुवाहरुले प्रसंशा समेत गरेका छन् । १० गजा क्षेत्रमा फोहोर फाल्न नपाउने कानुनी प्रावधान भए पनि नगर विकास, विस्तार तथा फोहोर मैला व्यवस्थापन गर्ने जिम्मा पाएको स्थानीय गाउँपालिकाले यसमा ध्यान दिएका छैनन ।
प्रतिकृया दिनुहोस