प्रदेश ६ मा मन्त्री मण्डल विस्तार : पहिलो बैठकमै सरकारको २१ निर्णय

Pardech 6

काठमाडौँ । देशको सवैभन्दा कान्छो प्रदेशकोरुपमा चिनिएको प्रदेश नम्बर ६ मा आइतवार मन्त्रीमण्डल विस्तार भएको छ । एमालेका ४ र माओवादी केन्द्रका २ गरी ६ जना मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

सांसद प्रकाश ज्वालाको नेतृत्वमा एमाले सरकारमा सहभागी भएको हो । उनले अर्थ मामिला तथा योजना मन्त्रालय सम्हालेका छन् । भने, एमालेका दल रावलले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । एमालेकै नन्दसिंह बुढा उद्योग, पर्यटन, बन तथा वातावरण र खड्गबहादुर खत्री भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री पाएको माओवादी केन्द्रकातर्फबाट नरेश भण्डारीले आन्तरिक मामिला तथा कानून मन्त्रालय र विमला केसी भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले पद तथा गोपनियताको सपथ खुवाएका थिए । मन्त्रीहरुले आइतवार नै आ–आफ्नो मन्त्रालयको कार्यभार सम्हालेका छन् ।

समुन्नत प्रदेश, नवनियुक्त मन्त्रीको प्रतिवद्वता

विकासको हिसावले प्रदेश ६ पछाडि परेको भन्दै नवनियुक्त मन्त्रीहरुले सम्मुन्नत प्रदेश निर्माणका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले गरिवी र अभावमा बाँचिरहेको प्रदेश ६ लाई समृद्ध प्रदेशकोरुपमा विकास गरिने बताए ।

उनले प्रदेशलाई देशकै पछाडि परेको प्रदेशकारुपमा चिन्ने गरेकाले आगामी १० वर्षभित्र विकसित प्रदेशकोरुपमा अघि बढाउने प्रतिवद्धता जनाए । ‘हाम्रो प्रदेशमा आउने पत्रकारले गरिवी, पछौटेपन, अशिक्षा, भोकमरी र हाहाकारको समाचार लिएर फर्किन्छ, अब हामीले विकासका गतिविधिसहित धनी प्रदेशको समाचार संकलन गर्न पत्रकारलाई बोलाउनु पर्छ,’ उनले भने ।

अर्थ मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले गरिवी, अशिक्षा, भोकमरी हुने प्रदेशलाई अबको १० वर्षमा नयाँ उचाईमा पु¥याउने प्रतिवद्धता जनाए । विकासको सपना बुनेको बताएका उनले प्रदेश स्थापनाका लागि सुर्खेतका ४ जनाले दिएको बलिदानीलाई शिरोधार्य गर्दै विकासका योजना बनाउने बताए ।

उनले प्रदेश ६ प्रकृतिक उपहारको रुपमा रहेपनि पनि सदुपयोग हुन नसकै कारण पछाडि परेको बताए । उनले प्रकृतिले दिएको उपहारको प्रयोग गरि पर्यटन प्रवद्र्धनका लागि उपलब्ध साधन, स्रोतको परिचालन गरी आर्थिकरुपमा प्रदेशलाई समृद्ध बनाउने प्रतिवद्धता जनाए । ‘यो प्रदेश जस्तो अरु प्रदेशमा प्राकृतिक स्रोत, साधन पर्याप्त छैन, यहाँ भएका खनिज तत्व र प्रकृतिको सदुपयोग गर्न विकसित प्रदेश बनाउन समय लाग्ने छैन,’ उनले भने ।

पहिलो बैठकमै सरकारको २१ निर्णय

प्रदेश ६ को आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न २१ वटा निर्णय गरेको छ भने, सरकारको प्रवक्तामा भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई तोकेको छ । मुख्यमन्त्रीको कार्यालयमा अवेर साँझसम्म बसेको मन्त्रिपरिषदको बैठकले चीनसँग सीमा जोडिएका नाका खोल्न पहल गर्ने निर्णय गरेको छ ।

बैठकले सडक संजालमा जोडिन बाँकी रहेका हुम्ला र डोल्पामा सडक विस्तारलाई प्राथमिकतामा राख्दै अगाडि बढाउने निर्णय गरेको भूमी व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रीसमेत रहेकी सरकारका प्रवक्ता केसीले जानकारी दिइन् ।

जनतासँग मुख्यमन्त्री कार्यक्रम संचालन गर्ने, प्रत्येक घरमा घरेलु उद्योग स्थापना गर्ने, बैदेशिक लगानी भित्र्याउन् वातावरण बनाउने, प्रदेश ६ लाई प्रांगारिक प्रदेशको रुपमा घोषणा गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

त्यसैगरि, एक सहकारी एक उत्पादनको नीति अवलम्वन गर्ने, जेष्ठ नागरिक प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने, हरित र समृद्ध प्रदेश निर्माण गर्न योजना बनाउनेलगायतका निर्णय भएको प्रवक्ता केसीले बताइन् । नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...