संघीय लोकतान्त्रिक गणतन्त्रलाई दिगो बनाउनुपर्छः मन्त्री चुमान
तनहुँ । आन्तरिक मामिला, न्याय तथा कानूनमन्त्री हरिबहादुर चुमानले मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई व्यावहारिक रुपमा कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्र तनहुँले आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले भने 'संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल, सुदृढ र दिगो बनाएर लैजानु अहिलेको आवश्यकता छ ।'
प्रदेश नं. ४ का आन्तरिक मामिला, न्याय तथा कानूनमन्त्री रहनुभएका चुमानले पार्टीलाई अझ बढी सबल र जनमैत्री बनाउनका लागि आफू लागिपर्ने बताउँदै जनता केन्द्रीत कार्य गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।
नेकपा माओवादी केन्द्र तनहुँका संयोजक राजेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा मन्त्री चुमानलाई टीका र खादा ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस