पूरानो सुट ल्याउनुहोस्, नयाँ सुट लिएर जानुहोस्’ बम्पर योजनाको उद्धघाटन्

Suit bank

काठमाडौं । सुट बैंक एण्ड फेशन डिजाईन प्रा.लिले ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लिएर जानुहोस्’ नामकनयाँबम्पर योजना सार्वजनिक गरेको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमाविशेष पत्रकार सम्मेलनगर्दै उक्तप्रा.लि.ले यस्तो बम्पर योजना सार्वजनिक गरेको हो ।

फेशन डिजाईनिङ् क्षेत्रमा विगत डेढ दशकदेखि सेवारत उक्त संस्थाले ग्राहकहरुको चाहना बमोजिम पूरानो सुटलाई बजार व्यवस्थापन र नयाँ डिजाईनको सुट अर्डर गर्न सजिलो होस् भन्ने उद्देश्य राखि यो योजना सार्वजनिक गरिएको अध्यक्ष सिवाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै गीता राणाले सुटको कपडा आयातमा भ्याट र सुट तयार हुँदा पनि भ्याट लगाउने गरिएकोले नेपाली व्यवसायीहरु दोहोरो मारमा परेको बताईन् । उनले भनिन्,‘यही कारणले गर्दा छिमेकी मुलुक भारत र चीनसँग व्यापार प्रतिष्पर्धा गर्न सक्ने अवस्था छैन् ।’

त्यस्तै उनले विदेश पलायन भएका युवाहरुलाई स्वदेशमै फर्काउनको लागि सरकारले आर्कषक योजनाहरु ल्याउनुपर्ने पनि सुझाव दिईन् । उनले स्वदेशमै यद्योग खोल्नुपर्ने र रोजगारी सिर्जना गर्नुपर्ने बताईन् ।

राणाले सुट ब्यांकले अघि सारेको कार्यक्रमहरु धेरै राम्रो भएकोले यीनलाई निरन्तर अघि बढाउनुपर्ने सुझाव दिईन् । त्यस्तै कार्यक्रममा नेपाल ईन्भेष्टमेन्ट फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल पनि यस्ता खाले कर्यक्रमले नेपाली अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास दिलाए । उनले भने,‘या ेविकल्प अवधारणा हो, यसलाई प्रर्वद्धन गर्नको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग पुर्याउन पर्छ।’

कार्यक्रममा परियार सेवा समाजका केन्द्रिय अध्यक्ष एवम् पूर्व मेजर बलबहादुर सुन्दासले पनि यो पेशामा आवद्ध व्यवसायीहरुलाई राम्रो तालिम दिएर अघि बढाईयो भने देशको अर्थतन्त्रमा टेवापुग्ने नेपालीहरुको व्यक्तित्वमा पनि फाईदा पुग्ने विश्वास दिलाए । उनले पनि यो बम्पर योजना नेपाली सुटको ईतिहाँसमै पहिलो भएकोले यसलाई सफल बनाउन सबैले साथ र सहयोग पुर्याउनु पर्नेमा जोड दिए ।

त्यस्तै पूर्व सिडिओ चिरञ्जिवि थापाले सुरुवात सानै कामबाट गर्नुपर्ने भन्दै सुट बैंकले अघि बढाएका कार्यक्रमहरु लोकप्रिय हुने विश्वास दिलाए । उनले भने,‘यो कार्यक्रमले चमत्कार गर्न सक्छ, आर्थिक प्रगति हाँसिल गर्नको लागि यसले टेवा पुर्याउँछ।’

प्रालिले उक्तबम्पर योजना अन्र्तगर्त ‘पूरानो सुट ल्याउनुहोस्, नयँ सुट लिएर जानुहोस’ भन्ने कार्यक्रम आवश्यक पर्यो भन्ने सन्दर्भमा यस्तो कुरा बताएको छ,‘अधिकां शव्यक्तिहरुसँग केही न केहीजोर सुट स्टक हुने सामान्य हो, तर बजारमा नयाँ नयाँ डिजाईनका कोट तथा सुटको उत्पादन आउन थालेपछि ती पूराना सुट तथा कोटहरु आफ्नो घरको आफ्नो दराजमा थन्किएको रुपमा मात्रै हुने भएकोले त्यो सुट तथाकोट लाइ सुट बैंकमा ल्याएर नयाँ डिजाईनको कोट तथा सुट लिएर जान सक्नुहुनेछ ।

त्यसको उचित बजार व्यवस्थापनको लागिकोट तथा सुटको गुणस्तर हेरी मुल्यांकन गरिनेछ । नयाँ सुट तथाकोटको प्रयोगका लागि आर्थिक रुपमा ग्राहक वर्गलाई सहजहोस् भन्ने उद्देश्यले ग्राहकको पूरानो कोट तथा सुट समस्या नभई अवसर बन्न सक्छ भन्ने योजनाको साथ अति उपयोगी कार्यक्रमको रुपमा हुन्छ भन्ने आवश्यकत्ता देखेर यो कार्यक्रम ल्याईएको हो।’
प्रालिका अनुसार ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लैजानुहोस’ योजना सफल बनाउन ३ जोर सुट बनाउने ग्राहकलाई एउटा लक्की ड्र कुपन दिईनेछ ।

जसमा चार पांग्रे गाडी उपलब्ध गराईनेछ, र जुन १५०० वटालक्की ड्र कुपनमा एउटा गाडी उपलब्ध गराईने पनि आयोजकले जनाएको छ । कार्यक्रममा फेशन डिजाईनर समेत रहेकी उक्त सुट बैंककी प्रवन्ध निर्देशक आकृति सिवा र सञ्चालिका कल्पना सिवाको पनि उपस्थिति थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...