प्रदेश राजधानी सार्नुपर्नेमा सांसदहरुको जोड

Gokul

भक्तपुर । प्रदेश नं ३ को स्थायी राजधानी हेटौँडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधी तथा प्रदेश साँसदहरुले जोड दिएका छन् ।

यसअघिको काम चलाउ सरकारले जनताको भावना चाहना र भूगोलको अवस्थालाई मल्याङकन नगरीकनै  हेटौडालाई हचुवाको भरमा अस्थायी राजधानी तोकेको उनीहरुले बताएका छन् ।
प्रदेश नं ३ को भूगोललाई समेत निहाल्दा हेटौँडा राजधानीका लागी उपयुक्त नभएको प्रतिनिधिसभा काभ्रेका सांसद गोकुल बास्कोटाले बताए ।

उनले प्रदेश सांसदहरुको बहुमतले प्रदेशका नागरिकलाई पायक पर्ने स्थानमा राजधानी सार्नुपर्नेमा जोड दिए । उनले सबैको पायकका लागी प्रदेश ३ को राजधानी काभ्रे नै उपयुक्त भएको दाबी गर्नुभयो । उनले मीनभवनको मन्त्री क्वाटरलाई भक्तपुर सारेर राजधानी काभ्रे बनाउँदा सबैभन्दा राम्रो हुने धारण राखे ।

हेटौँडा कुनैपनि हालतमा राजधानी हुन नसक्ने भन्दै प्रतिनिधिसभा दोलखाका साँसद पाश्र्व गुरुङले पुर्व सिन्धुलीदेखि पश्चिम चितवनलाई मध्यनजर गरेर प्रदेशको राजधानी तोकिनुपर्ने भनाई राखे ।

हेटौँडामा अहिले स्थायी राजधानीका लागी खोलिएको बम्पर उपहार योजना लगत भएको भन्दै यस्तो कार्यले राजनीतिक भ्रष्टाचारलाई बढवा दिने उनको भनाई छ । कामचलाउ सरकारको प्राविधिक टोलीले समेत भक्तपुर र बनेपा मध्ये एक स्थानलाई प्रदेशको स्थायी राजधानी राख्न सकिने उपयुक्त स्थानका रुपमा प्रस्तुत गरेता पनि सकारका केही मन्त्रीहरुको चलखेलले हेटौँडा लगिएको उनले बताए ।

उनले प्रदशेसभामा यो बिषयले ऐजेन्डाका रुपमा उठान पाउन साथ ३ नं प्रदशको राजधानी भक्तपुर अथा काभ्रे हुने समेत बताए । उनले भक्तपुरको सानो थिमि सबैको पाएक पर्ने स्थान भएको उल्लेख गर्दै यदी प्राबिधिक टोलीले काभ्रे चयन गरेमा त्यस्कते बिरोध समेत नगर्ने बताए ।

कार्यक्रममा दुई जिल्ला बाहेक सबैकालागि अपाएक स्थानका रुपमा ३ नं प्रदेशको अस्थायी राजधानी रहेता पनि अव प्रदेश नं ३ सांसदहरुले भक्तपुर अथवा काभ्रेमै राजनधानी सार्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...