छाडा छोडिएका कुकुरहरुलाई बन्ध्याकरण तथा रेविज खोप अभियान शुरु

Kukur bandhyakaran1

भक्तपुर । भक्तपुर नगरपालिकाले शुक्रबारदेखि नगर क्षेत्रमा छाडा छोडिएका कुकुरहरुलाई बन्ध्याकरण तथा रेविज रोगविरुद्ध खोप अभियान संचालन गरेको छ ।

शुक्रबार विहान दरवार क्षेत्रबाट शुरु गरिएको उक्तअभियान अन्तर्गत १४ वटा साना ठूला कुकुरहरुलाई खोप दिएर बन्ध्याकरणको लागिगःपलीस्थितपशु स्वास्थ्य क्लिनिकमा लगिएको छ ।

लगिएका कुकुरहरुलाई पशु चिकित्सक डा. एकता पाण्डे र डा. आशिष राई र प्राविधिक मुकेश तुल्सीबाख्यो र बुद्धिरामरेग्मीको टोलीले उपचार गर्ने र उपचारपछि आजै समातिएकै स्थानमा छोडिने नगरपालिका स्रोतले बताएको छ ।

जथाभावी छाडा छोडिएका कुकुरको टोकाइले मानवीय क्षतिनहोस् भनेर तालिमप्राप्त पशुविज्ञहरुको टोली तथा नगरपालिकाका ९ जना कर्मचारीहरुको सहयोगमा कुकुरहरुलाई समातिएको हो । नगरपालिकालाई रेविज रोग मुक्त बनाउने लक्ष्य सहित उक्त अभियान संचालन गरिएको हो ।

नगरपालिकाका प्रमुख सुनिल प्रजापति लगायतका जनप्रतिनिधिहरुले विहान दरवार क्षेत्रमा कुकुरहरुलाई खोप लगाउने कार्यक्रमको अवलोकन गरेका गिए । थियो । कुकुरहरुले नगरको रात्रीकालीन सुरक्षा दिइरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले नगरमा अत्यधिक संख्यामा देखिएका कुकुरहरुलाई रेविज रोगबाट मुक्तगर्न तथा कुकुरको संख्या अनपेक्षित रुपमा बढ्नबाट रोक्न नगरपालिकाले बन्ध्याकरण तथाखोप अभियान संचालन गरेको प्रष्ट पारे ।

‘यो एउटा सकारात्म कपहल हो र यसमा दक्ष पशु चिकित्सकहरु संलग्न छन्’, उनले भने । उनले यो अभियाननगरका सबै वडाका टोलहरुमा तथा नयाँ बस्तीहरुमा समेत संचालन गर्ने बताए ।

पछिल्लो समयमा नगरका विभिन्न स्थानहरुमा कुकुरको टोकाइबाट नगरबासीहरु पीडित भएको गुनासोहरु आइरहेको सन्दर्भमा नगरपालिकाले संचालन गरेको यो अभियान निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

पशु स्वास्थ्य र मानवीय स्वास्थ्य दुवैलाई ध्यानमा राखेर कार्यक्रम अघि बढाइएको कार्यक्रम संयोजक तथा भनपा ३ नं. वडाका अध्यक्ष राजकृष्ण गोराले बताए ।उनले रेविज रोगबारे सर्वसाधारणलाई जनचेतना दिने र खोप लगाइएका कुकुरहरुको पहिचान गर्न सजिलो होस् भनेर चित्र सहित कापर्चा र पोष्टरहरु ठाउँ ठाउँमा राख्न लागिएको उल्लेख गरे ।

अभियानमा संलग्न डा. पाण्डेले समातिएका कुकुरहरुलाई आधुनिक सुविधा सम्पन्न क्लिनिकमा बन्ध्याकरण सहित उपचार गरिन बताए । ‘एउटा कुकुरलाई सामान्य अपरेशन गरेर बन्ध्याकरण गर्न करिब ४५ मिनेट लाग्छ’, उनले भने । खोप र बन्ध्याकरण गरिएका कुकुरहरुलाई सर्वसाधारणले चिन्न सजिलो बनाउन घाँटीमा सुन्तला रंगको पेटी बाँध्ने तथादाहिने कानको थोरै भाग काटिने उनले जानकारी दिए ।

नगर भित्रका कुकुरहरुलाई निरोगी बनाउने तथा संख्यालाई व्यवस्थित गर्ने कार्यमा भक्तपुर नगरपालिकाले अगुवाइ गरेकोमा खुशी व्यक्त गर्दै अभियानका अभियन्ता सन्दिप जोशीले नगरपालिकाले घरपालुवा कुकुरहरुको तथ्यांक राख्न सुझाव दिए । नगरबासीहरुले आप्mनो जग्गा, पसल, व्यवसाय र यातायातको साधन दर्ता गराए जस्तै घरपालुवा पशुहरुको दर्ता गर्न आवश्यक रहेको उनको कथन थियो ।

कुकुर धनीहरुलाई नगरपालिकाकै अगुवाइमा समय समयमा कुकुरको स्वास्थ्य परीक्षण गराउनतथा कुकुरबाट सर्न सक्ने विभिन्न रोगहरुबाट बच्ने उपायबारे अभिमुखीकरण गराउन सके थपप्रभावकारी हुने अर्का अभियन्ता सुरेश कवांले बताए ।

कुकुर रहरले मात्रपाल्ने नभई कुकुरको पोषण, खोप, व्यायाम, तालिमआदिको बारेमा पनि सचेत हुनुपर्ने पशु चिकित्सक डा. प्रणव जोशीको भनाइ थियो । पर्याप्त ज्ञानको अभावले कुकुर पाल्दा अनावश्यक आर्थिक बोझ बढ्ने उल्लेख गर्दै कुकुरलाई गहुँ, जौ र मकैका परिकारहरु नखुवाउन उनले सल्लाह दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...