२३ लाख खर्चेको सिँचाइ योजना ५ वर्ष टिकेन

Sichai yojana

जाजरकोट । २३ लाख खर्चेर निर्माण गरिएको सिँचाइ योजना ५ वर्ष नबित्दै प्रयोगविहीन भएको छ । जिल्लाको नलगाड नगरपालिका–८, हल्चौरमा रहेको सिँचाइ योजना ५ वर्ष पनि नटिकेको हो ।

स्थानीय मुलाखोला मुहानबाट पानी ल्याई हल्चौर गाउँका ३ सय भन्दा वढी घरधुरीलाई सिँचाइ सुविधा उपलब्ध गराउने भनी सिँचाइ योजना निर्माण गरिएको थियो । ५ वर्ष नबित्दै हल्चौरका स्थानीयवासीले सिँचाइ सुविधा उपभोग गर्नबाट वञ्चित भएका छन् ।

लिली हेल्भेटासको आर्थिक सहयोगमा मुलाखोलाबाट पाइपमा पानी ल्याई हल्चौर गाउँमा पाँचवटा प्लास्टिक पोखरीमा पानी जम्मा गरी स्थानीयवासीलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यले योजना निर्माण गरिएको थियो ।

योजना निर्माण गरेको ५ वर्ष बित्न नपाउँदै अहिले प्लास्टिक पोखरीको नाम निसान नै नभएको स्थानीयवासी गोरखबहादुर विकले बताए । स्थानीय उपभोक्ता समितिका पदाधिकारीको नाफामुखी कार्यशैलीले गर्दा काम राम्रो नहुँदा योजना दिगो बन्न नसकेको विकको भनाइ छ ।

पोखरी मात्र होइन, पोखरीमा प्रयोग भएका पाइपसमेत चोरी भएको उपभोक्ताहरु बताउँछन् । अहिले पुरै गाउँ सिँचाइको अभावमा समस्यामा परेको छ । ३ वर्षको फरकमा योजना निर्माण हुँदै आएका छन् तर दिगो बन्न नसकेको स्थानीयवासी बताउँछन् । अहिलेसम्म तीनवटा योजना सिँचाइकै परेका छन् । ती सबै योजनाका उपभोक्ता समितिका अध्यक्षसमेत एकै जना मात्र रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...