के आज दिन्छन् प्रधानमन्त्री देउवाले राजीनामा ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कहिले दिन्छन् राजीनामा भन्ने विषयमा राजीतिक वृत्तमा चासोको विषय बनेको छ ।
खासगरी प्रधानमन्त्री देउवाले तत्काल राजीनामा दिने सुर थिएन । तर, केही दिनदेखिको विकसित राजनीतिक घटनाक्रममले देउवाको मथिङ््गल हल्लिएको छ । त्यही भएर सकभर चाँडो राजीनामा दिएर सत्ता हस्तान्तरण गर्ने गर्ने पक्षमा देउवा पुगेका छन् ।
सम्भवत देउवाले बुधबार आफ्नो पदबाट राजीनामा दिनेछन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा केही मन्त्री र पार्टीका नेताहरुसँको भेटपछि देउवाले बुधबार राजीनामा दिने मनसाय ब्यक्त गरेका छन् ।
देउवाले निर्वाचन आयोगले सबै मत परिणामहरु राष्ट्रपतिलाई बुझाएपछि राष्ट्रको नाममा सम्बोधन गरेर राजीनामा दिने बताइएको छ । देउवाले राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुल्ने छ ।
अब नेपालमा बाम गठबन्धनको नयाँ सरकार बन्ने पक्कापक्की नै भएको छ । अबको केही साताभित्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व लिने समझदारीअनुसार देउवा चौथो पटक गत जेठ २३ गते मुलुकको ४० औं प्रधानमन्त्री निर्वाचित भएका थिए । देउवाले दोस्रो र तेस्रो चरणको स्थानीय निकायको निर्वाचन सम्पन्न गरेका थिए भने प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रय सभाको निर्वाचन पनि सम्पन्न गरिसको छन् ।
प्रतिकृया दिनुहोस